समाचारबुधबार, माघ ६, २०७२

मधेशी मोर्चासँग शीर्षस्तरमा वार्ता

हिमालखबर

आज बसेको पाँच राजनीतिक दलहरुको बैठकले मधेशी मोर्चासँग शीर्षस्तरमै वार्ता गर्ने निर्णय गरेको छ ।

तस्वीर: आनन्दराम डंगोल

तस्वीर: आनन्दराम डंगोल

प्रधानमन्त्री निवास बालुवाटारमा आज, ६ माघ साँझ बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी, राप्रपा नेपाल र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकको बैठकले भोली ७ माघ विहान ९ बजे मधेशी मोर्चासँग वार्ता गर्ने निर्णय गरेको हो ।

मोर्चालाई वार्तामा बोलाएर शीर्षस्तरबाट राजनीतिक गतिरोध अन्त्यका लागि बैठक बेलाएको नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।

आजको बैठकमा संविधान संशोधनमा जति प्रस्ताव पेस भएका छन् त्यही बीचमा सहमति खोज्ने र सहमति नभए तीन दलको कार्यदलले संविधानमा परिमार्जन र संशोधन गर्न गृहकार्य गर्नेसमेत निर्णय भएको पौडेलले बताए ।

बैठकमा नेकपा एमालेतर्फबाट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कानुन मन्त्री अग्नि खरेल, नेपाली कांग्रेसका सभापति सुशील कोइराला, उपसभापति पौडेल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदार, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल का प्रमुख सचेतक दीलनाथ गिरी थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>