Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
ऋणको साँवा व्याज नमाग्न मोर्चाको उर्दी - Himalkhabar.com

अर्थ/बजारबिहीबार, माघ ७, २०७२

ऋणको साँवा व्याज नमाग्न मोर्चाको उर्दी

हिमालखबर

आन्दोलनरत मधेशकेन्द्रित दलहरुले पर्सा र बाराका बैंक तथा वित्तिय संस्थाहरुलाई ऋण र ब्याज असुलीमा ताकेता नगर्न उर्दी जारी गरेका छन् ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय मधेशी मोर्चा पर्साले ५ माघमा प्रेस विज्ञप्ति जारी गरी आन्दोलनको समयमा ऋणको साँवा ब्याज नमाग्न भनेका हुन् ।

बैङ्क तथा वित्तिय संस्थाहरुले जनतालाई दुःखदिएको गुनासो आएको दाबी गर्दै त्यसलाई रोक्न वित्तिय संस्थाहरुलाई आग्रह गरिएको संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बताए ।

‘अधिकारको लागि चलिरहेको आन्दोनलमा सबैले कुनै न कुनै रुपमा सहयोग र समर्थन गरेको’ भन्दै जारी विज्ञप्तीमा लेखिएको छ ‘बारा र पर्साका केही बैकं तथा वित्तिय संस्थाहरुले ऋणको ब्याज र किस्ता बुझाउने वहानामा मधेसी जनता र ऋणीहरुलाई दुःखदिएको गुनासो व्यापक आएको छ । मोर्चा आजैको मितिदेखि त्यस्ता गतिबिधि रोक्न अनुरोध गर्दछ ।’

नेपाल राष्ट्र बैकंले मधेशमा आर्थिक गतिविधि अवरुद्ध रहेको कारण देखाउँदै चैतसम्मको ऋण र व्याज बारे बिभिन्न निर्देशन गरेको भए पनि अटेर गरि जनता र व्यापारीलाई सताउने कार्य भइरहेको भन्दै मोर्चाद्वारा जारी विज्ञप्तीमा राष्ट्र बैकलाई अनुगमन गर्न अनुरोध समेत गरिएको छ ।

आन्दोलनरत दलहरुले ऋणीहरुसँगको व्यवहारमा सुधार नआए सबै बैक तथा वितिय संस्थाहरुमा तालाबन्दी गरिदिने धम्की समेत दिएका छन् ।

विज्ञप्तिमा आन्दोलनको अवधिभरको ऋण तथा व्याज मिनहा गर्न समेत मागं गरिएको छ ।

सुरेश विडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>