थप समाचारबिहीबार, माघ ७, २०७२

नौ महिनापछि खुल्यो संस्कृत विश्वविद्यालय

हिमालखबर

Nesambi Photo (2)राजनीतिक नियुक्ति र भागवण्डाले सँधै जसो विवाद भइरहने नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय, दाङ मा नौ महिनादेखि लागेको ताला खुलेको छ ।

विभिन्न माग राख्दै कर्मचारी, विद्यार्थी र प्राध्यापक संगठनहरुले केन्द्रीय कार्यालयमा लगाएका ६ वटा ताला ५ माघ रातिबाट खुलेका हुन् ।

विश्वविद्यालयको वार्ता समिति र आन्दोलनरत पक्षबीच पटक–पटक भएका वार्ता र छलफलपछि तालाबन्दी खुलेको विश्वविद्यालयले जनाएको छ ।

गत बैशाखदेखि थालिएको तालाबन्दी सहमतिपछि खुलेको विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक रमेशप्रसाद ढकालले जानकारी दिए ।

विश्वविद्यालय वार्ता टोलीका संयोजक एवं विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. रमेशप्रसाद ढकाल नेतृत्वको वार्ता टोली, राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष जर्मन चौधरी र राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष कमल पोख्रेल नेतृत्वको वार्ता टोलीबीच भएको वार्तामा सहमति र सहकार्य गर्दै अघि बढ्ने सहमति भएपछि ताला खुलेको वार्ता टोलीका संयोजक ढकालले जानकारी दिए ।

यसअघि एमाले, एमाओवादी, नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको माओवादी निकट प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुले छुट्टाछुट्टै लगाएका ताला सहमतिपछि खुलेका थिए ।

ताला खुलेपछि विश्वविद्यालय केन्द्रीय कार्यालयको दैनिक प्रशासनिक काम सुचारु भएको छ ।

यद्यपी विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघले विश्वविद्यालय सेवा आयोगमा लगाएको ताला भने अझै खुल्न सकेको छैन ।

संस्कृत विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तिमा भागवण्डा नमिल्दा तालावन्दी हुने गरेको छ ।

कुलपतिदेखि प्राध्यापक र अन्य कर्मचारीहरुको नियुक्तिमा हुने यस्तो विवादले विश्विद्यालयको अध्ययन् अनुसन्धान र नियमित काममा समेत प्रभाव हुने गरेको वर्षौ भइसकेको छ ।

एउटा पक्षको उपकुलपति नियुक्त हुने वित्तिकै अर्को पक्षले तालावन्दी गर्ने यहाँको नियमित प्रचलन बनिसकेको छ ।
देविका घर्ती मगर,दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>