Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जेलमा रहेका आफन्त भेट्न भुटानी नागरिक स्वदेश जाँदै - Himalkhabar.com

थप समाचारबिहीबार, माघ ७, २०७२

जेलमा रहेका आफन्त भेट्न भुटानी नागरिक स्वदेश जाँदै

हिमालखबर

shibirजेलमा रहेका आफन्त भेट्नका लागि नेपालमा रहेका ४० जना भुटानी शरणार्थी भुटान जान पाउने भएका छन् ।

नेपाल रेडक्रस सोसाइटी झापा मार्फत अन्तराष्ट्रिय रेडक्रसको समन्वयमा उनीहरु कारागारमा रहेका आफन्त भेट्न स्वदेश जान पाउने भएका हुन् ।

नेपाल रेडक्रस सोसाइटी झापाका इन्चार्ज केदार महतका अनुसार अन्तर्राष्ट्रिय रेडक्रसले भुटानी जेलमा रहेका राजबन्दी भेट्न जाने आफन्तलाई जनही रु. ४ हजार बाटो खर्च उपलब्ध गराउनेछ ।

एक पटकमा एकजना बन्दिका चार आफन्तलाई यो सुबिधा प्राप्त हुन्छ । भुटानको चेम्गङ केन्द्रीय कारागारमा नेपालमा शरणागत भुटानीका २८ बन्दी आफन्त छन् ।

यस्तो भेटघाट तथा खबर आदान–प्रदानको मेसो मिलाइरहेको दिल्लीस्थित अन्तर्राष्ट्रिय रेडक्रसको चेम्गङ केन्द्रीय काागारमा मात्र पहुँच छ, यद्यपी चेम्गङ बाहेक भुटानमा अरु २० वटा जेल रहेको भुटानी नेता डाक्टर भम्पा राईले बताए ।

बन्दी आफन्त भेट्न जाने शरणार्थीले भुटानको थिम्पु नजिकैको चेम्गङ केन्द्रीय कारागारमा बन्दी आफन्तसँग दुई दिनसँगै बस्न समेत पाउने छन् ।

दुई दशक भन्दा अघिदेखि भुटानी शरणार्थीका लागि अन्तराष्ट्रिय रेडक्रसले पारिवारिक सम्पर्कको पुनस्र्थापना कार्यक्रम अन्तरगत यो सेवा नियमित गरेको पनि नेरेसो झापाले जनाएको छ ।

पूर्वी नेपालमा रहेका भुटानी शरणार्थी आठ बर्ष यता पुनर्वासमा युरोप र अमेरिका गइरहेका छन् ।

पुनर्वासको लाइनमा रहेका भुटानी शरणार्थीले भुटानका जेलमा रहेका बन्दी आफन्तसँग बिदा माग्ने अवसरको रुपमा यस्तो भेटघाटलाई उपयोग गर्ने गरेका छन् ।

सन् १९९० आसपासका वर्षमा भुटानमा प्रजातन्त्र र मानबअधिकार माग गर्दा दक्षिण भुटानमा भएको सरकारी दमनबाट खेदिएका एक लाख बढी भुटानी भारतको बाटो हुँदै नेपालमा शरण लिन आइपुगेका थिए ।

अरु करिब २० हजार भुटानी नागरिक भारतका बिभिन्न ठाँउमा रहेको र कम्तिमा दुईसय भुटानमा बन्दी बनेको बताइन्छ ।

भुटानमा त्यसरी बन्दी बनेका भुटानीको बारेमा अझै बिस्तृत अनुसन्धान नभएको नेता डाक्टर राईले बताएका छन् ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>