समाचारबिहीबार, माघ ७, २०७२
तीन दल र मोर्चाबीच बालुवाटारमा वार्ता जारी
प्रमुख तीन दलका शीर्ष नेता र मधेशी मोर्चाबीच विहान ९ बजेदेखि शुरु भएको वार्ता जारी छ ।
मधेशकेन्द्रित दलहरुका मागमा सहमति खोज्न भन्दै मोर्चाको माग अनुसार शीर्ष तहमा आज छलफल हुन लागेको हो । सहमति खोज्नकै लागि प्रमुख तीन दलले संविधान संशोधनको प्रक्रिया दुई दिन पर सारेका छन् ।
यसअघि समस्या समाधानका लागि गठित कार्यदलको औचित्य नभएको भन्दै मोर्चाले शीर्ष नेतृत्व तहमै वार्ता हुनुपर्ने माग राखेको थियो ।
मोर्चासँग सहमति गरेर ९ माघमा संविधान संशोधन पारित गर्ने तयारी गरेका तीन प्रमुख दलहरुले सहमति हुन नसकेपनि संविधान संशोधन गर्ने बताएका छन् ।
वार्तामा प्रमुख तीन दलका शीर्ष नेताहरु साथै मोर्चाका तर्फबाट उपेन्द्र यादव, हृदयेश त्रिपाठी, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सहभागी छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>