थप समाचारबिहीबार, माघ ७, २०७२
अफगानिस्तानः आत्मघाती आक्रमणमा सात टेलिभिजनकर्मीको हत्या
अफगानिस्तानको राजधानी काबुलमा एक आत्मघाती आक्रमणकारीले त्यहाँको टेलिभिजन च्यानलको बसमा विष्फोट गराउँदा ७ जना कर्मचारीको मृत्यु भएको छ ।
उक्त आक्रमणमा बसको नजिकै रहेका करिब २० जना अन्य पनि घाइते भएका छन् ।
टोलो टेलिभिजनले ट्विीट गरेको छ, “दुर्भाग्यले आज एक आतंकवादी आक्रमणमा हाम्रा ७ जना कर्मचारी गुमायौं ।”
आतंकवादी संगठन तालिबानले उक्त आक्रमणको जिम्मेवारी लिएको छ । यसअघि तालिबानले गत सेप्टेम्बर महीनामा कुन्दुज शहरमा संघर्षका बेला समाचार कभर गरेको भन्दै टोलोमाथि आक्रमणको धम्की दिएको थियो ।
टोलो टिभी अफगानिस्तानको पहिलो २४ सै घंटा समाचार प्रशारण टेलिभिजन च्यानल हो । अफगानिस्तानमा समाचारका लागि टोलो लोकप्रिय छ
राष्ट्रपति अशरफ गनीले उक्त आक्रमणका निन्दा गर्दै कायर चरमन्थीहरुले हरेको बर्बर आक्रमण भनेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>