Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
तीन दल र मधेशी मोर्चा वार्ताः सहमति भएन - Himalkhabar.com

समाचारबिहीबार, माघ ७, २०७२

तीन दल र मधेशी मोर्चा वार्ताः सहमति भएन

हिमालखबर

प्रमुख तीन दल र मधेशी मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता विना निष्कर्ष सकिएको छ ।

वार्ताबाट बाहिरिएका मोर्चाका नेता एवम् संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले वार्तामा कुनै सहमति नभएको र वर्तमान सरकारले आफ्ना मागहरु सम्बोधन गर्न नसक्ने बताए ।

उनले विवाद चार महिना अघि जहाँ थियो अहिले पनि त्यहीं नै रहेको भन्दै वर्तमान सरकारलाई कुटनीतिक रुपमा समेत असफल भएको आरोप लगाए ।

वार्तामा सहभागी मोर्चाका नेताहरु बाहिरिए पनि तीन दलका नेताहरु भने बालुवाटारमै छन् । उनीहरुबीच मोर्चासँग सहमति नभएको अवस्थामा संविधान संशोधन विधेयकलाई कसरी अघि बढाउने भन्ने बारे छलफल भइरहेको बुझिएको छ ।

यसअघि ६ माघ साँझ बसेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहित सत्तारुढ पाँचदलको बैठकले मोर्चासँग सहमति नभए पनि ९ माघमा व्यवस्थापिका संसदबाट संविधान संशोधन विधेयक पारित गर्ने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>