Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
छलफल जारी रहनेछः श्रेष्ठ (तीनदल–मोर्चा वार्ता) - Himalkhabar.com

समाचारबिहीबार, माघ ७, २०७२

छलफल जारी रहनेछः श्रेष्ठ (तीनदल–मोर्चा वार्ता)

हिमालखबर

narayankaji1प्रमुख तीन दल र मधेशी मोर्चाबीच भएको वार्तामा कुनै सहमति नभएपछि प्रमुख तीन दलले समस्या समाधानका लागि औपचारिक र अनौपचारिक छलफल कायमै राख्ने निर्णय गरेका छन् ।

वार्तामा सहभागी एमाओवादी नेता नारायणकाजी श्रेष्ठले आज कुनै सहमति नभएको तर, छलफल भने जारी राख्ने बताए ।

उनले भने, “मोर्चाका साथीहरु गइसकेपछि पनि हामी तीन दलबीच वार्तालाई शीर्षतहमै निरन्तरता दिने र सहमतिका लागि अधिकतम प्रयास गर्ने निर्णय भएको छ ।”

संविधान संशोधन विधेयकमाथि परेका संशोधन प्रस्तावहरुमध्येबाटै मोर्चाका मागहरु सम्बोधन प्रयास गरिने भन्दै श्रेष्ठले मोर्चासँग अनौपचारिक र औपचारिक छलफलबाटै सहमति खोज्ने प्रयास जारी रहने बताए ।

यसअघि वार्तास्थलबाट बाहिरिएका मोर्चाका नेता उपेन्द्र यादवले भने वार्ताका नाममा चिया खाने काम मात्रै भएको र विवाद चार महिना अघिकै स्थितिमा रहेको बताएका थिए ।

मोर्चाका नेता बाहिरिएपछि पनि जारी  तीन दलको बैठक  अहिले सकिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>