Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
रंगेलीमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप, एक महिलाको मृत्यु - Himalkhabar.com

समाचारबिहीबार, माघ ७, २०७२

रंगेलीमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप, एक महिलाको मृत्यु

हिमालखबर

मोरङको रंगेलीमा युवा संघ नेपालले आयोजना गरेको आमसभा विथोल्न पुगेका मधेशी मोर्चाका कार्यकर्तासँग भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएको छ ।

rangeliआमसभा स्थलभन्दा केही पर  प्रहरीको गोली लागेर एक महिलाको मृत्यु भएको हो । उनको सनाखत हुन सकेको छैन । आमसभा विथोल्न पुगेका मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी बीचको झडपमा यसअघि प्रहरीले लाठी प्रहारका साथै हवाई फायर समेत गरेको थियो ।

mritak

गोली लागेर मृत्यु भएकी महिला ।

मोर्चाका कार्यकर्ताको  खुकुरी लगायतका घरेलु हतियार  र ढुंगा प्रहारबाट केही प्रहरीहरु समेत घाइते भएका छन् । अहिले रंगेलीको स्थिति तनावग्रस्त छ ।

प्रधानमन्त्री आएनन्

आमसभामा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने पूर्वनिर्धारित कार्यक्रम मधेशी मोर्चाको विरोधका कारण स्थगित भएको छ ।

आज, ७ माघमा प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङ् जिल्लाको पुरानो सदरमुकाम रंगेलीमा आयोजित आमसभालाई सम्बोधन गर्ने कार्यक्रम थियो ।

मोर्चा कार्यकर्ताबाट बरामद भएको खुकुरी देखाउँदै प्रहरी

मोर्चा कार्यकर्ताबाट बरामद भएको खुकुरी देखाउँदै प्रहरी

तर, मोर्चाले हिजो देखि नै रंगेली बन्दको आह्वान गरी विरोध प्रदर्शन गर्न थालेपछि प्रधानमन्त्री मोरङ आएनन् ।

अहिले रंगेलीमा आयोजित आमसभामा प्रमुख अतिथिका रुपमा एमाले महासचिव इश्वर पोखरेल आइपुगेका छन् ।

मोर्चाका कार्यकर्ताहरुले आमसभामा आउनेहरुलाई विभिन्न ठाउँमा अवरोध गरेका छन् ।

आमसभा शुरु हुँदै गर्दा सभा विथोल्न पुगेका मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भइरहेको छ ।

एमालेको वर्गीय संगठन युवा संघ नेपालको जागरण अभियान अन्तर्गत आमसभाको आयोजना गरिएको हो ।

-कमल रिमाल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>