Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
संविधानको पहिलो संशोधन विधेयकमा छलफल शुरु - Himalkhabar.com

समाचारबिहीबार, माघ ७, २०७२

संविधानको पहिलो संशोधन विधेयकमा छलफल शुरु

हिमालखबर

व्यवस्थापिका–संसद्‌मा नेपालको संविधान (पहिलो संशोधन) विधेयक, २०७२ मा आजदेखि दफावार छलफल शुरु भएको छ ।

laxLaf/ a;]sf] Joj:yflksf–;+;bsf] a}7s . tl:a/ M k|bLk/fh jGt, /f;;कानून, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले राखेको ‘नेपालको संविधान (पहिलो संशोधन) विधेयक, २०७२’ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव संसद्बाट सर्वसम्मतले स्वीकृत भएपछि संशोधनमाथिको बहस प्रारम्भ भएको हो ।

छलफलमा भाग लिँदै सांसदहरुले संविधान जारी भएको छोटो समयमै संशोधन हुनु राम्रो नभएपनि तराई मधेशको असन्तुस्टिलाई सम्बोधन गर्न सबै पक्षको सकारात्मक साथ र सहयोगको जरुरी रहेकोमा जोड दिए ।

छलफलमा भाग लिदै सांसद डा मीनेन्द्रप्रसाद रिजालले जनसङ्ख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्नेमा जोड दिए । प्रत्येक जिल्लामा एक निर्वाचन क्षेत्र कायम गरेर बाँकी रहेका निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसङ्ख्या र भूगोललाई ध्यान दिन उनले आग्रह गरे ।

मधेश केन्द्रित दलले उठाएका मागलाई सम्बोधन गर्न पनि आफूहरुले प्रस्तुत गरेको संशोधन प्रस्ताव सन्तुलित र जायज रहेको रिजालले बताए । संशोधन प्रस्तावमा उनीसहित दश सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

राज्यको हरेक तह र तप्कामा पछाडि पारिएका वर्ग तथा क्षेत्रलाई अधिकार सम्पन्न बनाउन पनि संशोधन प्रस्तावहरुमा समेटिएका विषयलाई समावेश गर्नुपर्नेमा सांसद् ओङदी शेर्पाले जोड दिए ।

आदिवासी, जनजाती, महिला, दलित तथा अल्पसङ्ख्यक समुदायको मागलाई सम्बोधन गर्न प्रमुख दलले विशेष ध्यान दिनुपर्ने र मुलुकले भोगेको समस्या समाधान गर्न संशोधन प्रक्रियामा लचिलो हुनुपर्ने कमला दोङको भनाइ थियो ।

विमलेन्द्र निधिले संविधानसभाबाट घोषणा भएको संविधानको सहज कार्यान्वयन नै प्रमुख चुनौती भएको भन्दै तराई मधेशमा देखिएको समस्या समाधान गर्न पनि आफूहरुले पेस गरेको संशोधन प्रस्ताव नै जायज र तथ्यसङ्गत रहेको दावी गरेका थिए ।

निर्वाचन प्रणाली र निर्वाचन क्षेत्र नै लोकतन्त्रको वास्तविक अवस्था मापन गर्ने आधार रहेको भन्दै निधीले हरेक जिल्लामा एक निर्वाचन क्षेत्र कायम गर्न जनसङ्ख्यालाई नै प्रमुख आधार बनाउनुपर्ने विचार व्यक्त गरे । उनले तराई मधेशमा ८३ निर्वाचन क्षेत्र र पहाड तथा हिमालमा ८२ निर्वाचन क्षेत्र बनाइयो भने तराई मधेसको समस्या समाधान हुने र सबैको माग पनि सम्बोधन हुने जिकिर गरे ।

यस्तै, अर्का संशोधनकर्ता डा प्रकाशशरण महतको तर्फबाट कमलप्रसाद पङ्गेनीले हिमाल, पहाड, तराई जुनसुकै स्थानमा बस्ने भएपनि नेपाली नेपाली नै भएकाले सबै वर्ग तथा क्षेत्रलाई अधिकार सम्पन्न बनाउनु सबै दल र पक्षको दायित्व भएको बताए ।

दलजित विके श्रीपालीले निर्वाचन क्षेत्र निर्धारण गर्दा संविधान प्रारम्भ भएका बखत कायम रहेका हिमाली क्षेत्रका १४ जिल्लामा कम्तिमा एक निर्वाचन क्षेत्र कायम रहने गरी हुनुपर्ने धारणा राखे ।

छलफलमा सांसदहरु प्रेम सुवाल, दुर्गा पौडेल, फरमुल्लाह मन्सुर, जयदेव जोशी, रामनारायण बिडारी, योगेन्द्र चौधरी, छमबहादुर गुरुङ, रुपा महर्जन, रोमी गौचन थकाली, ओङ्दी शेर्पा, तुलसा राना, प्रतिक्षा तिवारी मुखियालगायत थिए । संविधान संशोधन माथिको छलफल जारी रहनेछ ।
व्यवस्थापिका–संसद्को अर्को बैठक यही माघ ८ गते बिहान ११.०० बजे बस्नेछ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>