Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
रंगेलीमा प्रहरीको गोलीबाट अर्को एक जनाको मृत्यु - Himalkhabar.com

समाचारबिहीबार, माघ ७, २०७२

रंगेलीमा प्रहरीको गोलीबाट अर्को एक जनाको मृत्यु

हिमालखबर

मोरङको रंगेलीमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएको छ ।

युवा संघले रंगेलीमा आयोजना गरेको कार्यक्रममा आउनेहरुलाई डायनियामा रोकेर लखेट्न थालेका मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा डायनिया–९ का २० वर्षीय शिवु माझीको मृत्यु भएको हो ।

यसअघि आमसभा स्थल नजिकै भएको झडपमा प्रहरीको गोलीबाट रंगेलीकी ५८ वर्षीया द्रौपदी चौधरीको मृत्यु भएको थियो । आफन्तका घरमा जाँदै गरेकी चौधरी राप्रपाका कार्यकर्ता कृष्ण चौधरीकी पत्नी थिइन् ।

प्रहरीको गोलीबाट चार जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि विराटनगर लगिएको छ ।

एमाले कार्यकर्ताको उद्दार

यसैबीच मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएका एमालेका चार जना कार्यकर्तालाई प्रहरीले उद्दार गरेको छ ।

स्थानीय अनिल महेश्वरीको घरमा थुनिएका एमाले रंगेली इलाका अध्यक्ष दिनेश ठाकुर, अनेम संघ रंगेली अध्यक्ष उषा झा र एमाले कार्यकर्ताहरु कपिलमणि मण्डल र वसन्तकुमार कर्णलाई प्रहरीले तीन घण्टापछि उद्दार गरेको हो ।

आमसभामा सहभागी हुन आइरहेका उनीहरुलाई मोर्चाका कार्यकर्ताले लखेट्दै महेश्वरीको घरको कोठाभित्र पुर्या‍ई थुनेका थिए । थुनिएकाहरुले मोबाइलबाट प्रहरीलाई जानकारी गराएपछि उनीहरुलाई उद्दार गरिएको हो ।

एमाले रंगेली नगर अध्यक्ष मनोज अग्रवालको घरभित्र पसेर मोर्चाका कार्यकर्ताले तोडफोड गर्नुका साथै त्यहाँ रहेका दुई वटा मोटरसाइकल जलाएका छन् ।

कसरी भयो घटना
प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने भनिएको युवासंघको आमसभाको विरोधमा मधेशी मोर्चाले हिजैदेखि बन्दको आह्वान गरेको थियो ।

मोर्चाले युवा संघलाई रंगेलीमा कार्यक्रम गर्न नदिने भनेपछि हिजो ६ माघ साँझ निर्माण गरिएको मञ्च भत्काउन पुगेका मोर्चाका कार्यकर्तालाई प्रहरीले त्यहाँबाट हटाएको थियो ।

आज, ७ माघ विहानैदेखि मोर्चाका कार्यकर्ताहरुले हातहातमा लाठी बोकेर, सडकमा टायर बालेर प्रदर्शन गरिरहेका थिए । प्रहरीले उनीहरुलाई आमसभा विथोल्ने प्रयास नगर्न र आक्रमणमा नउत्रिन सम्झाएपछि उनीहरुले पनि त्यसो नगर्ने बताएका थिए ।

तर, कार्यक्रम शुरु हुन थालेपछि मोर्चाका कार्यकर्ताहरु मञ्चको पछाडिबाट कार्यक्रमस्थलतर्फ बढ्न थाले ।

उनीहरुलाई रोक्ने क्रममा प्रहरीले लाठी प्रहार गर्यो‍ भने मोर्चाका कार्यकर्ताले ढुंगा प्रहार गर्न थाले । झडप बढदै जाँदै प्रहरीले हवाई फायर समेत गर्यो‍ । तर, पनि स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलायो ।

स्थिति तनावग्रस्त बन्दै गएपछि आमसभाको कार्यक्रमलाई छोट्याएर समापन गरिएको थियो । आमसभालाई सम्बोधन गर्न एमाले महासचिव इश्वर पोखरेल लगायतका नेताहरु रंगेली आएका थिए ।
कमल रिमाल, रंगेलीबाट

रंगेलीमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप, एक महिलाको मृत्यु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>