Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
संगठित रुपमा जाली नोटको कारोबार गर्ने गिरोह पक्राउ - Himalkhabar.com

थप समाचारबिहीबार, माघ ७, २०७२

संगठित रुपमा जाली नोटको कारोबार गर्ने गिरोह पक्राउ

हिमालखबर

मधेशमा आन्दोलन चलिरहेको समयमा नक्कली नोट छाप्ने र कारोबार गर्ने गिरोहलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ ।

2 (1)प्रहरीले ३ दिनमा ४९ हजार ५ सय जाली नोट सहित ६ जनालाई नियन्त्रणमा लिएको हो । माटो मुनि गाडेको अवस्थामा नोट छाप्न प्रयोग हुने मेसिन समेत बरामद गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको गौर– ९ का रामप्रवेश यादव, गौर– ५ बस्ने धनुषा देउपारा ७ का मनोज कुमार महतो, गौर ७ का किशोर कुशवाहा, सखुअवा धमौरा ३ का दिपेन्द्र भन्ने नारायण चौधरी, बारा जितौना बस्ने अभय कुमार र रौतहटको वालचनपुर बस्ने ओसी महम्मद छन् ।

उनीहरुले संगठित रुपमा नेपाली एक हजार र ५ सय दरका नक्कली नोट छाप्ने र बजारमा पठाउने रहस्य खुलेको रौतहटका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले जानकारी दिए ।

“भारतबाट नोट छाप्ने मेसिन ल्याएका रहेछन् । नोट तयार पार्ने, तयारी जाली नोटलाई एजेन्टहरु मार्फत बजार पठाउने सबै काम उनीहरुले नै गर्ने गरेका रहेछन्,” उपरीक्षक रेग्मीले भने, “लागु औषधको कुलतमा फंसेका व्यक्तिहरुलाई एजेन्ट बनाउने गरेका रहेछन् ।”

अनुसन्धनका क्रममा उनीहरुले एक जनालाई ५० हजारसम्मको जाली नोट वितरण गर्ने गरेको जानकारीमा आएको रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमोद पोखरेलले जानकारी दिए ।

“माग भए अनुसार उनीहरुले छपाउने गरेका रहेछन्,” डिएसपी पोखरेलले भने, “एउटा सक्कली नोट दिनेलाई ३ देखि चारवटासम्म नक्कली नोट दिने गरेको पाईयो ।”

जुवा खेल्न, इटाभट्टाका मजदुरको ज्याला दिन र, दुर्गम गाउँमा खसी बोका, राँगा खरिद गर्न, मेलाको समयमा वा अन्य भिडभाडको मयमा समान खरिद गर्नुको साथै भारतीय बजारमा इन्धन किन्न समेत प्रयाग गरेको रौतहट प्रहरीले जनाएको छ ।

गत ३ माघमा प्रहरीले रौतहटको गौर–९ का राम प्रवेश यादवलाई लागू औषध गाँजा सेवन गरेको अवस्थामा पक्राउ गरेको थियो । गौर भन्सार नजिकैबाट पक्राउ परेका टेम्पो चालक यादवको शरीर खानतलासी गर्दा खल्तीबाट एक हजारको नोट भेटियो ।

शंका लागेर प्रहरीले अनुसन्धान गर्दा हजारको नोट नक्कली भएको पुष्टि भयो । बैंकिङ निकायले हजारको नोटलाई जाली भएको पुष्टि गरेपछि रामप्रवेश बाटै थप अनुसन्धान शुरु गर्यो‍ ।

यादवको साथबाट प्रहरीले ५ ग्राम गाजा समेत बरामद गरेको थियो । रामप्रवेश विरुद्ध रौतहट प्रहरीले ४ माघमै मुलुकी ऐन ६ खोटाचलन ( जाली नोट ) अन्र्तगत मुद्धा दर्ता गरिसकेको छ ।

त्यसपछि राम प्रवेशले दिएकै बयानको आधारमा प्रहरीले ६ माघ बिहान गौर– ५ स्थित नगरपालिका अगाडिबाट
ग्रील बनाउने तथा वेल्डिङ सम्बन्धी काम गर्ने धनुषा देउपरा– ७ घर भइ हाल गौर ५ मै डेरा गरी बस्ने मनोज कुमार महतो (२८) लाई पक्राउ गर्यो‍ ।

राम प्रवेशका अनुसार मनोजले मोटरसाइकल खरिदको क्रममा दिएको ५ हजार मध्येकै एउटा नोट जाली निस्केको थियो । प्रहरीका अनुसार मनोजले जाली नोटका कारोवारीहरुबाट जाली नोटहरु लिएर बजारमा पठाउने गर्दै आएका रहेछन् ।

६ माघ अपरान्ह ४ बजेतिरको समयमा रौतहट प्रहरीले गौर–७ गढवाबाट पानपसल सञ्चालन गर्दै आएका जुगल किशोर कुसहवा (४८) पक्राउ ग¥यो । उनी मोहनको बयानका आधारमा पक्राउ परेका थिए । प्रहरीले उनको साथबाट नेपाली जाली नोट १ हजारको २५ थान र ५ सयको १ थान गरी जम्मा २५ हजार ५ सय जाली नोट र ५ ग्राम गाजा वरामद गरेको छ ।

जुगल अन्य व्यक्तिबाट जाली नोट लिएर गौर वजारमा वितरण गर्ने काममा सक्रिय रहेको प्डिएसपी पोखरेलले बताए ।
“उसले एक वर्ष अघि देखि नै ३ वटा जाली नोट दिएर एउटा सक्कली नोट दिने गरेको रहेछ,” उनले भने ।

जुगललाई प्रहरीले ६ माघ मै अदालतमा पेश गरेर अनुसन्धानका लागि म्याद थपाईसकेको छ ।

प्रहरीले सोहिदिन साँझ ५ बजे सखुअवाधमौरा ३ वस्ने दिपेन्द्र भन्ने नारायणचौधरी (३६) लाई पक्राउ ग¥यो । जुगल किशोरको सहयोगमा पक्राउ परेका दिपेन्द्रसँगै प्रहरीले १ हजारको ३ थान र ५ सयका १ थान गरी जम्मा ३ हजार ५ सय नेपाली जाली नोट वरामद गर्यो‍ । सँगसँथै जाली नोटको कारोवारमा प्रयोग हुने बा.२१ प. ४१५५ नं को मोटरसार्यकल पनि बरामद गरेर ल्यायो ।

दिपेन्द्रले घरमै जाली नोट छपाएर रौतहट जिल्लाका विभिन्न ठाउँमा जाली नोट पठाउने गरेको रहस्य खुलेको रौतहट प्रहरीले जनाएको छ ।

७ माघमा दिपेन्द्रकै घरबाट जाली नोटतयार पार्ने मेसिन, कटिङ गरिएका कागजहरु र सो कार्यमा प्रयोग हुने अन्य समानहरु बरामद गरेको छ ।

दिपेन्द्रले बाराको जितौना वस्ने अभयकुमार र रौतहट वालचनपुर वस्ने ओसी महम्मदसँग मिलेर जाली नोटको कारोबार गर्ने गरेको रहस्य प्रहरीले पत्ता लगाएको छ । प्रहरीले उनीहरुलाई पनि पक्राउ गरिसकेको छ ।

उनीहरुको साथबाट प्रहरीले एक हजार दरका १७ थान र ५ सयका ५ थान गरी १९ हजार ५ सयको नेपाली जाली नोट र बी.आर. ३० ए २९११ नं को सुपर स्प्लेन्डर भारतीय मोटरसाईकल बरामद गरेको छ ।
-सुरेश विडारी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>