Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
रंगेलीमा मृत्यु हुनेको संख्या तीन पुग्यो - Himalkhabar.com

समाचारबिहीबार, माघ ७, २०७२

रंगेलीमा मृत्यु हुनेको संख्या तीन पुग्यो

हिमालखबर

मोरङको रंगेलीमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा प्रहरीको गोलीबाट तीन जनाको मृत्यु भएको छ ।

युवासंघले आयोजना गरेको आमसभा विथोल्न पुगेका मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागि रंगेलीकी द्रोपदी चौधरी (५८), डायनिया–९ का शिवु माझी (२०) र बरडंगा(२ का महादेव ऋषिदेवको मृत्यु भएको छ ।

युवा संघले रंगेलीमा आयोजना गरेको कार्यक्रममा आउनेहरुलाई डायनियामा रोकेर लखेट्न थालेका मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरीको गोलीबाट डायनिया–९ का २० वर्षीय चिवु माझीको मृत्यु भएको हो ।

आमसभा स्थल नजिकै भएको झडपमा प्रहरीको गोलीबाट रंगेलीकी ५८ वर्षीया द्रौपदी चौधरीको घटनास्थलमै मृत्यु भएको थियो भने महादेव ऋषिदेवको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

चौधरी राप्रपाका कार्यकर्ता कृष्ण चौधरीकी पत्नी थिइन् ।

मोर्चाले आफ्ना ३५ जना कार्यकर्ता घाइते भएको जनाएको छ । सद्भावना केन्द्रीय सदस्य उपेन्द्र महतोका अनुसार सद्भावना नेता दिलिप धाडेवा र प्रवक्ता सन्तोष मेहता एमाले कार्यकर्ताको प्रहारबाट घाइते भएका छन् ।

एमाले कार्यकर्ताको उद्दार
यसैबीच मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएका एमालेका चार जना कार्यकर्तालाई प्रहरीले उद्दार गरेको छ ।

स्थानीय अनिल महेश्वरीको घरमा थुनिएका एमाले रंगेली इलाका अध्यक्ष दिनेश ठाकुर, अनेम संघ रंगेली अध्यक्ष उषा झा र एमाले कार्यकर्ताहरु कपिलमणि मण्डल र वसन्तकुमार कर्णलाई प्रहरीले तीन घण्टापछि उद्दार गरेको हो ।

आमसभामा सहभागी हुन आइरहेका उनीहरुलाई मोर्चाका कार्यकर्ताले लखेट्दै महेश्वरीको घरको कोठाभित्र पुर्या‍ई थुनेका थिए । थुनिएकाहरुले मोबाइलबाट प्रहरीलाई जानकारी गराएपछि उनीहरुलाई उद्दार गरिएको हो ।

एमाले रंगेली नगर अध्यक्ष मनोज अग्रवालको घरभित्र पसेर मोर्चाका कार्यकर्ताले तोडफोड गर्नुका साथै त्यहाँ रहेका दुई वटा मोटरसाइकल जलाएका छन् ।

कसरी भयो घटना
प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने भनिएको युवासंघको आमसभाको विरोधमा मधेशी मोर्चाले हिजैदेखि बन्दको आह्वान गरेको थियो ।

मोर्चाले युवा संघलाई रंगेलीमा कार्यक्रम गर्न नदिने भनेपछि हिजो ६ माघ साँझ निर्माण गरिएको मञ्च भत्काउन पुगेका मोर्चाका कार्यकर्तालाई प्रहरीले त्यहाँबाट हटाएको थियो ।

आज, ७ माघ विहानैदेखि मोर्चाका कार्यकर्ताहरुले हातहातमा लाठी बोकेर, सडकमा टायर बालेर प्रदर्शन गरिरहेका थिए । प्रहरीले उनीहरुलाई आमसभा विथोल्ने प्रयास नगर्न र आक्रमणमा नउत्रिन सम्झाएपछि उनीहरुले पनि त्यसो नगर्ने बताएका थिए ।

तर, कार्यक्रम शुरु हुन थालेपछि मोर्चाका कार्यकर्ताहरु मञ्चको पछाडिबाट कार्यक्रमस्थलतर्फ बढ्न थाले ।

उनीहरुलाई रोक्ने क्रममा प्रहरीले लाठी प्रहार गर्यो‍ भने मोर्चाका कार्यकर्ताले ढुंगा प्रहार गर्न थाले । झडप बढदै जाँदै प्रहरीले हवाई फायर समेत गर्यो‍ । तर, पनि स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलायो ।

स्थिति तनावग्रस्त बन्दै गएपछि आमसभाको कार्यक्रमलाई छोट्याएर समापन गरिएको थियो । आमसभालाई सम्बोधन गर्न एमाले महासचिव इश्वर पोखरेल लगायतका नेताहरु रंगेली आएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>