समाचारशुक्रबार, माघ ८, २०७२

मोर्चाका कार्यकर्ताले दुई मोटरसाइकल जलाए

हिमालखबर

मधेशी मोर्चाका कार्यकर्ताहरुले आज बिहान करिब ८ बजे बाराको भरत चोकमा दुईवटा मोटरसाइकलमा आगजनी गरेका छन् ।

भारतको आधापुरबाट मोटरसाइकलमा ग्यालेनमा राखी पेट्रोल ल्याएको भेटेपछि मोर्चाका कार्यकर्ताले मोटरसाइकल चालकलाई कुटपिट गर्नुका साथै ना१०प २८२५ र लु१प ९५५० नं का दुईवटा मोटरसाइकल आगजनी गरी नष्ट पारेका छन् ।

सो घटनाका कारण अहिले भरत चोकमा सुरक्षाकर्मी र मोर्चाका कार्यकर्ताबीच तनाव भइरहेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>