थप समाचारशुक्रबार, माघ ८, २०७२

मध्यरातमा भूकम्पको झड्का

हिमालखबर

धादिङ र नुवाकोटको सीमाक्षेत्र साल्मेनजिकै केन्द्र बनाएर मध्यरातमा ४.६ म्याग्निच्यूडको भूकम्प गएको छ ।

गए राति १ बजेर ७ मिनेट जाँदा ४.६ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको झड्का राजधानीका बासिन्दाले पनि अनुभव गरेका थिए । क्षतिको विवरण भने अझै आएको छैन ।

गत वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको शक्तिशाली भूकम्पपछि अझै पनि त्यसका पराकम्प जाने क्रम रोकिएको छैन । अहिलेसम्म ४ रिक्टर स्केलभन्दा माथिको क्षमताका ४२७ वटा पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>