Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
वीरगञ्जको घण्टाघर क्षेत्र तनावग्रस्त - Himalkhabar.com

समाचारशुक्रबार, माघ ८, २०७२

वीरगञ्जको घण्टाघर क्षेत्र तनावग्रस्त

हिमालखबर

मधेशी मोर्चाका कार्यकर्ताले आज विहानैदेखि वीरगञ्जको घण्टाघर चोकमा प्रदर्शन गरिरहेका छन् ।

वीरगञ्ज बजार बन्द गराएका मोर्चाका कार्यकर्ताले नजिकै रहेको नेपाल टेलिकमको कार्यालयमा तोडफोड गरेका छन् भने प्रहरीमाथि ढुंगा प्रहार गरिरहेका छन् ।

यसैबीच सशस्त्र प्रहरीका एसपी भीमबहादुर थापाको गाडि मोर्चाका केही कार्यकर्ताले रोकेर पछाडिबाट अन्य कार्यकर्ताले ढुंगा प्रहार गरेका थिए । प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर बारा, मोतिसरका २० वर्षीय दिनेशप्रसाद यादवको निधार रक्ताम्मे भएको छ । टेलिकम कार्यालय तोडफोडको आरोपमा वीरगञ्ज गहवाका २८ वर्षीये विजय साहकानु लाई नियन्त्रणमा लिइएको डिएसपी होविन्द्र बोगटीले बताए ।

यसअघि आजै विहान मोर्चाका कार्यकर्ताले बा १० च ८३२४ नम्बरको गाडी तोडफोड गरेका थिए

अहिलेसम्म प्रहरी प्रतिरक्षाको स्थितिमा छ ।

घण्टाघर क्षेत्रमा तनाव भए पनि वीरगञ्जकै अन्य स्थानमा भने स्थिति सामान्य छ । अन्य सवारी साधन नचले पनि मोटरसाइकल र रिक्सा भने चलिरहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>