समाचारशुक्रबार, माघ ८, २०७२
राजविराजमा बजार र शैक्षिक संस्था बन्द
मोरंगको रंगेलीमा भएको झडपका क्रममा प्रहरीको गोलीबाट तीन जनाको मृत्यु भएको विरोधमा मधेशी मोर्चाले सप्तरीको राजविराजका शैक्षिक संस्थाहरु बन्द गराएको छ ।
मधेशी मोर्चाका नेता कार्यकर्ताहरुले सदरमुकाम राजविराजका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गराएका हुन् ।
आज बिहान विद्यालयहरु खुलेका भए पनि मोर्चाका नेता/कार्यकर्ताहरु नाराबाजी गर्दै विद्यालय बन्द गराउन पुगेका थिए ।
मोर्चाले राजविराज बजार समेत बन्द गराएको छ ।
बिहानैदेखि प्रदर्शन थालेका उनीहरुले नगरको बिभिन्न ठाउँमा टायर बालेर रंगेली घट्नाको बिरोध जनाएका छन् ।
केही दिनदेखि सहज बन्दै गएको राजविराजको जनजीवन मोर्चाको प्रदर्शनपछि पुनः अस्तव्यस्त हुँदै गएको छ ।
श्रवणकुमार देव, राजविराज