समाचारशुक्रबार, माघ ८, २०७२

मोर्चाका सांसदहरुद्वारा सदन बहिष्कार, संशोधन विधेयकमा छलफल जारी

हिमालखबर

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँमा आबद्ध दलका सांसदहरुले आज पनि संसद बैठक बहिस्कार गरेका छन् ।

सभामुख ओनसरी घर्तीले संसद्को बैठक प्रारम्भ भएको घोषणा गर्ने बित्तिकै मधेशी मोर्चाका सांसदहरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।

सभामुख घर्तीले विरोध गरेर उभिरहेका सांसदमध्ये सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णलाई आफ्नो भनाइ राख्न अनुमति दिएपछि सांसद कर्णले रंगेलीमा सरकारी दमनमा तीनजनाको ज्यान जानुका साथै ३० जना आन्दोलनरत पक्षका व्यक्ति घाइते भएको भन्दै आक्रोश व्यक्त गरे ।

उनले भने, “मधेसमा आन्दोलन चलेको पाँच महिना भयो । मधेशी, आदिवासी र जनजातिको मागलाई सम्बोधन गर्नुपर्नेमा उल्टै सरकार दमनमा उत्रेको छ ।”

सरकारले मधेशमा दमन र आतङ्क फैलाउने काम गरिरहेको भए पनि आफूहरु वार्तामा सहभागी भइरहेको उनको भनाइ थियो । उनले भने, “जुन दिन निर्णायक वार्ता भनेको छ त्यही दिन घोर दमनका घटना घटाउने सरकार सहमति चाहँदैन भन्ने यो घटनाबाट पुष्टि हुन्छ ।”

उनले सदनमा पेस भएको संविधान संशोधन विधेयकले मोर्चाको मागलाई सम्बोधन गर्न नसक्ने भएकाले सङ्घीय समाजवादी फोरम नेपाल, तमलोपा, तराई मधेस सङ्घीय सद्भावना पार्टी लगायतका तर्फबाट बैठक बहिष्कारको घोषणा गर्दैै बैठकबाट बाहिरिए ।
अहिले बैठकमा संविधान संशोधन विधेयकमा दफावार छलफल भइरहेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>