थप समाचारशुक्रबार, माघ ८, २०७२

विद्युतीय शवदाह गृह आइतबारबाट सञ्चाल हुने

हिमालखबर

पशुपति आर्यघाटमा आइतबार, १० माघदेखि विद्युतीय शवदाह गृह सञ्चालनमा आउने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले सञ्चालनमा ल्याउन लागेको सो गृहको संस्कृति, पयर्टन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले औपचारिक रुपमा उद्घाटन गर्नेछन् ।

एउटा शव जलाउनका लागि विद्युतीय मेसिनमा जम्मा ४५ मिनेट मात्र लाग्छ । सो मेसिन २४ सै घण्टा सञ्चालनमा ल्याउने कोषको तयारी छ ।

“सस्तो र कम समय लाग्ने भएकाले परम्परागत दाउरा र घिउबाट जलाउनुभन्दा विद्युतीय मेसिनबाट शव जलाउनु बढी उपयोगी छ”–पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले भने ।

परम्परागत शव दाहसंस्कार भन्दा विद्युतीय मेसिनबाट दाहसंस्कार निकै कम खर्चमा गर्न सकिन्छ ।

पराम्परागत रुपमा रु आठ हजारदेखि रु १० हजारसम्म खर्च लाग्छ । विद्युतीय मेसिनबाट रु तीनहजार मात्र लाग्छ ।

विद्युतीय शवदहन मेसिन र गृह निर्माणका लागि रु ११ करोडको नेपाल सरकारको बजेट अनुदानमा कोषले निर्माण गरेको हो ।

विद्युतीयमाध्यमबाट शवदाहको परिकल्पना २०३९ सालमा गरिएको भएपनि २०६९ सालमा मात्र विद्युतीय शवदहन गृहको शिलान्यास गरिएको थियो ।

औपचारिकरुपमा १० माघदेखि सञ्चालनमा ल्याउने भनिए पनि विद्युतीय मेसिनबाट शव जलाएर परीक्षण भने गत १७ भदौमा नै गरिएको थियो ।

भूकम्पका कारण मृत्यु भएका र शिक्षण अस्पतालमा बेवारिसे अवस्थामा रहेका दुईवटा शवलाई जलाएर विद्युतीय मेसिनको परीक्षण गरेको कोषका सदस्य सचिव डा टण्डनले बताए ।

“विद्युतीय मेसिनबाट शवदहन धुवाँरहित हुन्छ, जसले गर्दा गन्ध आउँदैन, वातावरणमैत्री र समयअनुकुल दुबै छ, खर्च र समय दुबै बचत हुन्छ”–उनले थपे ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>