समाचारशुक्रबार, माघ ८, २०७२

सद्‌भाव नबिथोल्न तमलोपाको आग्रह

हिमालखबर

तराई–मधेश लोकतान्त्रिक पार्टीले मधेश आन्दोलनका क्रममा साम्रदायिक सद्‌भाव विथोलिने कार्य नगर्न कार्यकर्तालाई आग्रह गरेको छ ।

विजुलीबजारस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै आन्दोलनरत कार्यकर्तालाई सद्‌भाव विथोल्ने गतिविधि नगर्न आग्रह गरेको हो । सहअध्यक्ष हृदयेश त्रिपाठीले भने, “आन्दोलनरत मोर्चा र खसआर्य दुवै पक्षलाई यसतर्फ सचेत रहन आग्रह गर्छौ ।”

उनले ७ माघमा मोरङको रंगेलीमा भएको घटनाले गम्भीर बनाएको बताए । उनले योसँगै अन्य मधेश आन्दोलनका क्रममा भएका घटनाको अध्ययन गर्न न्यायिक छानविन समिति गठनको माग गरे ।

त्रिपाठीले भने, “सरकारका तर्फबाट दमन गर्ने कार्यहरु रोकिएको छैन, यसका लागि समिति गठन गरेर प्रतिवेदन सार्वजनिक हुनुपर्छ ।”

उनले प्रधानमन्त्री केपी शर्मा ओली आफैंले वार्ता र सम्वादबाट समस्या हल गर्न नचाहेको बताए । “सहमति नजिक पुगेको सम्वाद विथोल्नेगरी पटक–पटक आन्दोलन दबाउने काम भएको छ”, उनले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>