समाचारशनिबार, माघ ९, २०७२

जनकपुर: मोर्चाद्वारा कांग्रेसको कार्यक्रममा अवरोध

हिमालखबर

नेपाली कांग्रेसको महाधिवेशनका सन्दर्भमा धनुषा जिल्ला कार्यसमितिका सभापतिको उम्मेदवारी घोषणा गरिरहेका एक उम्मेदवारको कार्यक्रममा संयुक्त लोकतान्त्रिक मधेसीका मोर्चाका कार्यकर्ताले अवरोध गरेका छन् ।

उम्मेदवार रामपल्टन साहले आयोजना गरेको पत्रकार सम्मेलनमा मोर्चाका कार्यकर्ताले कांग्रेस मधेश विरोधी भएको आरोप लगाउँदै सम्मेलनमा अवरोध गरेका थिए ।

सद्भावना पार्टीका जिल्ला अध्यक्ष सञ्जय सिंह र तराई–मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष परमेश्वर साहले मधेश र मधेशी विरोधी दलको कुनै पनि कार्यक्रम धनुषा जिल्लामा हुन नदिने बताए ।

मोर्चाका कार्यकर्ताले कार्यक्रमस्थलमा सरकार र तीन दलविरुद्ध नाराबाजी पनि गरेका थिए ।
कांग्रेसले २५ माघमा निर्धारण गरेको जिल्ला अधिवेशन कुनै पनि अवस्थामा हुन नदिने चेतावनी मोर्चाका कार्यकर्ताले दिएका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>