समाचारशनिबार, माघ ९, २०७२
प्रमुख तीन दललाई पर्सा र बारामा कार्यक्रम गर्न नदिने मोर्चाको निर्णय
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तीन प्रमुख दललाई बारा र पर्सामा कुनै पनि कार्यक्रम गर्न नदिने निर्णय गरेको छ ।
मोर्चाको बारा र पर्साका जिल्ला नेताहरुको ९ माघमा बसेको बैठकले नेपाली कांगेस, नेकपा एमाले र एमाओवादीलाई दुबै जिल्लामा कार्यक्रम गर्न नदिने निर्णय गरेको हो ।
संयुक्त बैठकपछि जारी विज्ञप्तिमा जनताको भावना अनुसार नै यस्तो निर्णय गरेको दाबी गरिएको छ ।
“संविधानमा लोकतान्त्रिक अधिकार स्थापनाका लागि मधेशमा हामी संघर्ष गरिरहेका छौं तर, मधेशी जनताको आन्दोलनलाई सरकारले बल प्रयोग गरेर दबाउन खोजिरहेको छ,” “मोर्चाका नेता एवं संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले भने, “आन्दोलन दबाउने सरकारलाई सर्मथन गरिरहेको हुनाले कांगे्रस, एमाले र एमाओवादीको कार्यक्रम गर्न नदिने निर्णयमा हामी पुगेका छौं ।”
मधेशी जनताको मतले जितेर गएको भए पनि जनताको मुद्दा छोडेकोले तीन दल मधेश विरोधी भएको उनीहरुले आरोप लगाएका छन् ।
सुरेश बिडारी, वीरगञ्ज