समाचारआइतबार, माघ १०, २०७२
भारतले भन्यो, ‘संविधान संशोधन हुनु सकारात्मक’
नेपालको संविधानमा भएको पहिलो संशोधनको भारतले स्वागत गरेको छ ।
भारतीय विदेशमन्त्रालयले विज्ञप्ति जारी गरी नेपालको संसदले पारित गरेको दुई वटा संशोधनलाई सकारात्मक रुपमा लिइएकोे जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, “हिजो नेपालको संसदले पारित गरेका दुई संशोधनलाई हामीले सकारात्मक घटनाक्रमका रुपमा लिएका छौं । बाँकी मुद्दाहरु पनि यसैगरी रचनात्मक रुपमा संवोधन हुनेछन् भन्ने विश्वास छ ।”
आन्दोलनरत मधेश केन्द्रित दलहरुको माग पूरा गर्न सरकारले पेश गरेको समानुपातिक समावेशी र निर्वाचन क्षेत्र सम्बन्धी संशोधन विधेयक व्यवस्थापिका संसदको ९ माघको बैठकले परिमार्जनसहित पारित गरेको थियो ।
उक्त संशोधनसँगै तराईमा जनसंख्याको अनुपातमा निर्वाचन क्षेत्र हुने र राज्यका निकायमा समानुपातिक समावेशी सहभागिता सुनिश्चित भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
