समाचारआइतबार, माघ १०, २०७२
महागठबन्धन बनाउने महतोको प्रस्ताव
मधेशी मोर्चाका नेता एवम् सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोले महागठबन्धन बनाएर आन्दोलनलाई अगाडि बढाउने बताएका छन् ।
संविधानको पहिलो संशोधनपछि १० माघमा विराटनरमा पत्रकारहरुसँग कुरागर्दै महतोले सम्पूर्ण मधेशमा दुई प्रदेश मात्रै हुनुपर्ने दोहोर्याए । उनले त्यसका लागि मधेशमा आन्दोलनरत सबै पक्षलाई मिलाएर महागठबन्धन बनाई आन्दोलन नयां ढंगले अगाडि बढाउने बताए ।
उनले भने, “सीमांकनको लागि हाम्रो दबाब अझै पुगेन, काठमाडौंमाथि दबाब बनाउन मधेशमा आन्दोलनरत सबै पक्षलाई मिलाएर महागठबन्धन बनाउने प्रयास शुरू गरेका छौं।”
आन्दोलनको स्वरूप परिवर्तन र नाकाबन्दी खोल्ने सवालमा महतोले भने, “त्यो मोर्चाको बैठकले तय गर्ने हो।”
सोमवार, ११ माघमा काठमाडौंमा बस्ने संयुक्त लोकतांत्रिक मधेशी मोर्चाको बैठकले आन्दोलनको स्वरूप र आन्दोलनको आगामी कार्यक्रमहरू तय गर्ने उनले जानकारी दिए ।
“ बैठकमा महागठबन्धन बनाउने बारे हाम्रो पार्टीले प्रस्ताव राख्ने छ,” उनले भने ।
प्रदेशहरुको सीमांकन परिवर्तन नहुँदासम्म तराईमा जारी आन्दोलन नरोकिने उनको भनाई छ ।
मोर्चाको माग अनुसार संविधान संशोधन हुन नसकेको भन्दै उनले तीन दलले बेइमानी गरेको आरोप लगाए ।
संविधानको पहिलो संशोधनलाई उनले ‘शब्दको जालमा मधेश आन्दोलनलाई फंसाउने षडन्त्र’ भनेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
