समाचारआइतबार, माघ १०, २०७२

‘मोर्चाको प्रमुख माग पूरा भईसक्यो, छिट्टै वार्ता गर्छौंः रावल

हिमालखबर

????????????????????????????????????

उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष भीम रावलले मधेशी मोर्चाले उठाएको प्रमुख माग संविधानको संसोधनबाट पूरा भइसकेको भन्दै अन्य माग बारे चाँडै वार्ता हुने बताएका छन् ।

रिपोर्टर्स क्लबले १० माघमा आयोजना गरेको साक्षात्कारमा बोल्दै रावलले भने, “मोर्चाले शुरुमा उठाएको माग संसोधनबाट हुबहु पूरा भईसकेको छ । थप माग पूरा गर्न पनि सरकार तत्पर छ भन्ने सन्देश दिएको छ ।”

उनले बन्द, हडताल, हिंंसात्मक गतिविधि र अरु दललाई निषेध गर्ने कार्य बन्द गरेर सार्थक वार्तामा आउन मोर्चालाई आग्रह गरे ।

मोर्चासँगका पछिल्ला वार्ताहरुमा सीमांकन बाहेकका अन्य विषयमा सहमति नजिक पुगिएको भए पनि सीमांकनमा मोर्चा लचिलो नहुँदा सहमति हुन नसकेको उपप्रधानमन्त्री रावलले बताए ।

उनले भने, “समानुपातिक र निर्वाचन क्षेत्र निर्धारण सकारात्मक भए अरु विषयमा कुरागर्न सजिलो हुन्छ भनेकोले हामी संसोधन अघि बढाउने निष्कर्षमा पुगेका हौं ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>