समाचारसोमबार, माघ ११, २०७२

मधेश संवाद सामाजिक सद्भाव र एकताको अभियानः युवा संघ

हिमालखबर

मधेशमा युवा संघको जारी अभियान सामाजिक सद्भाव र एकताका लागि भएको युवा संघले जनाएको छ ।

पोखरामा आयोजित पत्रकार भेटघाटमा संघका अध्यक्ष राजीव पहारीले नयाँ संविधानका उपलब्धिबारे जानकारी गराउने र संविधानका सम्बन्धमा व्याप्त भ्रम हटाउँदै समग्र राष्ट्रको एकता र सद्भावका लागि अभियान सञ्चालन गरिएको बताए ।

अभियान कसैको प्रतिरोधका लागि नभएको स्पष्ट पार्दै अध्यक्ष पहारीले भने, “अभियानले राष्ट्रलाई जटिलताबाट पार लगाउन महत्वपूर्ण सहयोग पुर्‍याउँछ र मधेशमा सचेतना अभिवृद्धिका लागि यो उपयोगी बन्दछ ।”

संघले मधेशमा जागरण अभियान अन्तर्गत निरन्तर कार्यक्रम गर्दै आएकामा रङ्गेलीको कार्यक्रम पनि पूर्ववत् रुपमा तय भएको गरिएको उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>