समाचारसोमबार, माघ ११, २०७२
राजधानी केन्द्रीत आन्दोलन गर्ने फोरम नेपालको निर्णय
संविधानको पहिलो संशोधनले आफ्नो माग पूरा नभएकाले राजधानी केन्द्रीत आन्दोलन गर्ने संघीय समाजवादी फोरम नेपालले निर्णय गरेको छ ।
तीनदिनसम्म चलेको केन्द्रीय समितिको दोस्रो बैठकले भन्सार र राजमार्ग केन्द्रीत आन्दोलन चर्काउने निर्णय गरेको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । पत्रकार सम्मेलन गर्दै फोरम नेपालले मधेश आन्दोलनमा बल प्रयोग गरिएको निष्कर्ष निकालेको छ ।
बैठकले हत्या, दमन र मानव अधिकार उल्लङ्घघनबारे न्यायिक छानविन गर्न आयोग गठन गर्नुपर्ने माग राखे । श्रेष्ठले भने, “राज्यको पुर्नसंरचना, संघीय संरचना, प्रदेशहरुको सीमाकंन तथा अधिकार क्षेत्र बाडफाडको विषयको विवाद सुनुवाई नगरी सरकार पहिचान विरोधी कार्यलाई अगाडि बढाउँन खोज्दैछ ।”
उनले स्थानीय निकायको पुर्नसरचना नै नगरी निर्वाचनको चर्चा गरेर सरकारले संघीयताको विरोधमा उभिएको बताए ।
बैठकले मृतकलाई शहीद घोषणा, घाईतेहरुको उपचार, पक्राउ परेकाको रिहाई र झुटा मुद्दा खारेजी गर्न सरकारसँग माग राखेको छ ।
–कपिल भट्ट, काठमाडाैं
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
