समाचारसोमबार, माघ ११, २०७२

मोर्चाद्वारा थप आन्दोलनका कार्यक्रम सार्वजनिक

हिमालखबर

माेर्चाकाे बैठकमा सहभागी नेताहरु । तस्वीरः कपिल भट्ट

माेर्चाकाे बैठकमा सहभागी नेताहरु । तस्वीरः कपिल भट्ट

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधान संशोधन अपर्याप्त भएको भन्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रमुख तीन दलले संविधान संशोधन गरेपछि बसेको मोर्चाको बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । दोस्रो तहका नेताहरु बसेको बैठकले १३ माघदेखि १८ माघसम्मको कार्यक्रम सार्वजनिक गरेको छ ।

कार्यक्रम अनुसार १३ माघमा शहीदहरुको सम्झनामा मैनवत्ती प्रज्ज्वलन, १६ माघमा विकसित परिस्थितिबारे जानकारी १८ माघमा मधेशमा अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । त्यसपछि परिस्थिति हेरेर थप कार्यक्रम बनाइने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>