समाचारसोमबार, माघ ११, २०७२
डा. केसीको अनशन दुई हप्ता स्थगित
त्रिभुुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका हाडजोर्नी रोगका विशेषज्ञ डा. गोविन्द केसीले आफ्नो आठौँ अनशन दुई साता पछि सारेका छन् ।
एमाले सभासद्को लगानी रहेको मनमोहन मेडिकल कलेजलाई संसद्मार्फत प्रतिष्ठान बनाएर सञ्चालन गर्न लागेकोलगायत चिकित्सा शिक्षाका बेतिथि विरुद्ध केसीले ११ माघमा बस्ने भनेको अनशन स्थगित भएको हो ।
संसद्को विधयेक रोक्न र डा.केसीलाई अनशन नबस्न भन्दै नागरिक अगुवाहरुले दबाब दिएपछि उनले २४ माघसम्मका लागि अनशन स्थगित गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
“२४ गतेसम्म मैले राखेका माग पुरा नभए २५ गते साँझबाट अनशन बस्न बाध्य हुनेछु”, उनले भने । उनले अपराधसँग तुलना गर्दै नीजि मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने खेल भएको भन्दै त्यसप्रति आपत्ति जनाए ।
दबाबका लागि नागरिक अगुवा
नेपालको मेडिकल शिक्षाको सुधारका लागि डा. केसीले थालेको अभियानलाई साथ दिदैँ चिकित्सक, क्रियाशील पेशाकर्मी, पत्रकार तथा नागरिक अगुवाहरुले सरकार र संसद्लाई दबाव दिन चेञ्ज डट ओआरजीमार्फत् डिजिटल हस्ताक्षर शुरु गरेका छन् ।
१० पुसमा संयुक्त वक्तव्यमार्फत मनमोहन मेडिकल कलेजलाई ऐन बनाएर विश्वविद्यालयस्तरको प्रतिष्ठान बनाउने कामप्रति आपत्ति जनाउँदै उक्त काम संसद्बाट रोक्न दबाब स्वरुप डिजिटल हस्ताक्षर संकलन शुरु गरिएको हो ।
हस्ताक्षर गर्न यो लिंकबाट जान सकिन्छः चेञ्ज डट ओआरजी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
