Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पहाड र तराईमा न्यानो राहत - Himalkhabar.com

थप समाचारमंगलबार, माघ १२, २०७२

पहाड र तराईमा न्यानो राहत

हिमालखबर

हिउँदे ठिहीमा तप–तप शीत चुहिने टहरामा बाँचिरहेका भूकम्पपीडितहरूबारे हिमालमा समाचार प्रकाशित भएपछि रसुवाको लहरेपौवामा बसिरहेका हाकू–८ का पीडितलाई न्यानो लुगा वितरण गरिएको छ ।

सबै तस्वीर: डम्बरकृष्ण श्रेष्ठ

सबै तस्वीर: बिक्रम राई

१९–२५ पुस २०७२ को हिमाल खबरपत्रिकामा भूकम्पबाट अति प्रभावित पाँच जिल्लाका शिविरहरूमा रहेका पीडितबारे रिपोर्ट प्रकाशित भएको थियो ।

उक्त समाचार पढेर केही मनकारी व्यक्ति र संस्थाहरूले न्यानो कपडा, ब्ल्याङ्केट सहयोग गर्न हिमालको कार्यालयमा सम्पर्क गरेका थिए ।

उनीहरुबाट प्राप्त न्यानो सहयोग १० माघमा लहरेपौवास्थित पीडितहरूसम्म पु¥याउन हिमालकर्मीहरू डम्बरकृष्ण श्रेष्ठ, सन्त गाह मगर र बिक्रम राईले समन्वय गरे ।

r3वितरण गरिएको राहत मुगा धन कृष्ण कुमारी प्रतिष्ठान, दमक र दमकमै अस्थायी रूपमा बसोबास गर्ने विजया ताम्राकार, उनीसँगै कार्यरत ललितपुर पाटनकी आयुषा श्रेष्ठ र साथीहरूबाट, काठमाडौंका रवि घिसिङ, रिमा श्रेष्ठ र बेलायतबाट आएकी मिरुना मगर, हङकङका सुजित सुब्बा, विष्णु पाख्रिन र साथीहरूबाट प्राप्त भएको हो ।

r5सबैतिरबाट संकलित राहतमा १२४ वटा ब्ल्याङ्केट र २ देखि १२ वर्षका बालबालिका र वृद्ध–वृद्धाहरू गरी २०० जनालाई पुग्ने जाडोको लुगा थियो ।

यसबाहेक ६० बालबालिकालाई जुत्ता–चप्पल तथा कापी, कलम पनि संकलन भएको थियो ।

r2संकलित सामग्रीमध्ये लहरेपौवाका ९५ घर पीडितलाई ब्ल्याङ्केट सहित बालबालिका र वृद्ध–वृद्धाहरूलाई न्यानो कपडा र जुत्ता–चप्पल तथा कापी, कलम वितरण गरियोे ।

बाँकी रहेकामध्ये २० ब्ल्याङ्केट र न्यानो लुगाहरू शीतलहरबाट प्रभावित बाराको गढीमाईस्थित नितिनपुर टोलका पासवान बस्तीको लागि स्थानीय समाजसेवी सुगन्धी पासवानलाई हस्तान्तरण गरिएको छ ।

बाराका शीतलहर पीडितलाई बाँडिने राहत बुझ्दै स्थानीय सुगन्धी पासवाना ।

बाराका शीतलहर पीडितलाई बाँडिने राहत बुझ्दै स्थानीय सुगन्धी पासवान ।

संकलन भएर बाँकी रहेका केही न्यानो लुगाहरू अर्को सातासम्ममा सिन्धुपाल्चोकका पीडितहरूसम्म पुर्‍याइने पत्रकार श्रेष्ठले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>