समाचारबुधबार, माघ १३, २०७२

अधिवेशनका कार्यक्रममा अवरोध नगरः कांग्रेस सांसदहरु

हिमालखबर

तराईबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदहरुले आफ्नो १३ औं महाधिवेशनका कार्यक्रममा कुनै व्यवधान नगर्न आन्दोलनरत दलहरु लगायत सबैमा आग्रह गरेका छन् ।

तराई–मधेशबाट प्रतिनिधित्व गर्ने कांग्रेसका २१ सांसदहरुद्वारा जारी विज्ञप्तिमा अधिवेशन र महाधिवेशन गर्ने संवैधानिक हक भएको भन्दै वडा, गाउँ–नगर, क्षेत्रीय, जिल्ला र केन्द्रीय अधिवेशन शान्तिपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न सहयोगका लागि अपील गरिएको छ ।

मधेश केन्द्रित दलहरुले नेपाली कांग्रेस लगायतका प्रमुख दलहरुलाई मधेशमा कुनै पनि कार्यक्रम गर्न नदिने भन्ने घोषणा साथै केही कार्यक्रमहरु समेत विथोलेको सन्दर्भमा कांग्रेसको यस्तो विज्ञप्ति आएको हो ।

विज्ञप्तिमा कांग्रेस नेतृत्वको सरकारको पालामा संसदमा प्रस्तुत संविधान संशोधन विधेयक परिमार्जनसहित पारित भएको र त्यसले आन्दोलनका प्रमुख विषयहरुलाई सम्बोधन गरेको उल्लेख छ ।

प्राप्त उपलब्धिलाई सकारात्मक रुपमा लिंदै सीमांकन, नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व, भाषा लगायतका विषयहरु सार्थक संवादबाट समाधान गर्न सकिने पनि विज्ञप्तिमा भनिएको छ ।

congress_mps

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>