Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
रिकी पोन्टिंगको सन्यास घोषणा - Himalkhabar.com

खेलकुदबिहीबार, मंसिर १४, २०६९

रिकी पोन्टिंगको सन्यास घोषणा

हिमालखबर

दक्षिण अफ्रीकाविरुद्ध शुक्रवार पर्थमा खेलिने टेस्ट उनको अंतिम म्याच हुनेछ । पर्थ टेस्टपछि पोन्टिंगको खातामा स्टीभ वाको बराबर १६८ टेस्ट मैच खेलेको रेकर्ड हुनेछ । यसअघि पोन्टिंगले फेब्रुअरी २०१२ देखि नै वनडे क्रिकेटबाट सन्यास लिइसकेका छन् ।

अस्ट्रेलियाका पूर्व कप्तान पोन्टिंगले कैयौं पटक २०१३ मा बेलायतमा हुने एशेज सीरीज खेलने इच्छा व्यक्त गरेका थिए तर, लगातार खराब प्रदर्शन र एडिलेड टेस्टका कारण इनिंग्समा फेल भएपछि पोन्टिंगको त्यो चाहना पूरा नहुने भइरहेको थियो । त्यसैले उनले टेस्ट क्रिकेटबाट संन्यास की घोषणा गरेका हुन् ।

पॉन्टिंग के नाम कैयौं चौंका हानेका रेकर्ड छन् । १६७ टेस्ट म्याचको २८५ इनिंगमा पोन्टिंगले ५२.२१ को औसतमा १३,२५५ रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनीभन्दा बढी रन बनाउने सचिन तेंडुलकर मात्रै हुन् । पोन्टिंगको नेतृत्वमा अष्ट्रेलियाले टेस्ट र वनडे, दुवैमा लगातार जीत समेत कैयौं कीर्तिमान स्थापित गरेको छ । एशेजमा असफल भएपछि उनलाई गत वर्ष अस्ट्रेलियाली टोलीको कप्तानी छोडनु परेको थियो र माइकल क्लार्क कप्तान बनाइए ।

संन्यासको घोषणा गर्दै पोन्टिंगले मीडियासँग भने, “मैले क्रिकेटलाई आफ्नो सबै अर्पण गरे, यो २० वर्ष मेरो जीवनमा रह्यो, अब योभन्दा धेरै मसँग केही छैन । उनले आफूले लामोसमय सोचेर यो फैसला गरेको बताएका छन् । उनले भने, “मैले लामो समयसम्म एक अष्ट्रेलियाली क्रिकेटरले जस्तो प्रदर्शन गर्नसक्नु पथ्र्यो त्यसो गर्न सकेन ।” पत्नी रिहाना, दुई छोरी (एमी र म्यटिस) र टीम म्यानेजर जेम्स हैंडरसन पनि सन्यास घोषणका बेला उनीसँगै थिए । परिवारतर्फ संकेत गर्दै उनले भने, “यो मेरो नयाँ टिम हो ।”

अस्ट्रेलियाली टीमका कप्तान माइकल क्लार्कसँग पत्रकारहरुले पोन्टिंगबारे सोधपछि उनी रोएका थिए । शुक्रवार हुने पर्थ टेस्टमा यदि अस्ट्रेलियाले दक्षिण अफ्रीकालाई हराउन सक्यो भने अष्ट्रेलिया नम्बर १ को श्रेणीमा पुग्नेछ ।

पोन्टिंगले जसरी सन्यास निर्णय गरेका छन् यसले भारतीय क्रिकेट खेलाड़ी सचिन तेंदुलकरमाथि पनि प्रश्न खडा भएको छ । सचिन पनि पछिल्ला इनिंगसमा असफल साबित हुँदै गएका छन् । एजेन्सीहरुको सहयोगमा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>