थप समाचारबुधबार, माघ १३, २०७२
भारतीय भन्सारद्वारा दुईघण्टा नाका ‘सील’
रक्सौलस्थित भारतीय भन्सार अधिकारीहरुले १२ माघ अपराह्न नाकाबाट आवागमन ठप्प पारे । सहज हुँदै गएको वीरगञ्ज रक्सौल–नाका भारतीय अधिकारीहरुले ‘सील’ गरेपछि स्थानीय सशंकित भएका थिए ।
अपराह्न तीनदेखि ५ बजेसम्म नाकाबन्द गर्नुको कारण ‘उपर का आदेश’ भनियो । भन्सार अगाडि सडकमा रहेको ढाट झारेरै नाकाबन्द गरिएको थियो ।
नाकामा ढाट झारेरै बन्द गरिएको खबर पाएलगत्तै नेपाली सञ्चारकर्मीहरुको त्यहाँ घुइँचो लागेको थियो । त्यसपछि नेपाली नम्बर प्लेटका मोटरसाइकल र साइकललाई चेकजाँचपछि नेपालतर्फ आउन दिइयो तर उतातर्फ कोही पनि जान पाएनन् ।
भारतको गण्तन्त्र दिवसको अवसरमा सुरक्षा संवेदनशील कुनै सूचना पाएर नाका बन्द गराइएको हुनसक्ने धेरैको अनुमान छ । तर पनि सहज हुँदै गएको नाका बन्द गराइँदा वीरगञ्जबासीलाई पनि अत्याएको थियो ।
जियालाल साह, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
