समाचारबुधबार, माघ १३, २०७२
चिकित्सक अपहरण गर्न खोज्ने गोइत समूहका कार्यकर्ता पक्राउ
सिरहाको लहानबाट एक चिकित्सकलाई अपहरण गर्न खोजेको आरोपमा जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोइत समूह) का कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लहान–८ बस्ने ३५ वर्षीय बिजय पासवानलाई अपहरण प्रयासको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
स्थानीय सप्तऋषि अस्पतालका सञ्चालक डा. पशुुपति चौधरीलाई अपहरण गर्न खोजेको आरोपमा १० माघमा लहान–३ को बस स्ट्याण्ड छेऊबाट पक्राउ परेका पासवानलाई प्रहरीले १२ माघमा सार्वजनिक गरेको हो ।
पासवानले डा. चौधरीसँग माग गरेको रकम नपाएपछि ९ माघ विहान ७ बजे अस्पतालकै अगाडि बाट अपहरण गर्न खोजेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पासवानलाई अपहरण तथा शरीर बन्धक मुद्दा अन्तर्गत जिल्ला प्रहरी कार्यालय सिरहाले जिल्ला अदालत सिरहामा म्याद थप गरी कार्वाही प्रक्रिया अगाडि बढाएको छ ।
दिलिपकुमार सिंह, सिरहा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>