समाचारबुधबार, माघ १३, २०७२

रौतहटः ५ महीनापछि सार्वजनिक यातायात सञ्चालन

हिमालखबर

bus (1)मधेशमा आन्दोलन शुरु भएदेखि ठप्प रहेको रौतहटको सार्वजनिक यातायात आज, १३ माघबाट सुचारु भएको छ ।

करिब पाँच महीनाअघि ३० साउनबाट बन्द भएको यातायात कम्तिमा रु ४ करोडको नोक्सानी र अन्य सास्तीपछि आजदेखि सञ्चालनमा आएको हो ।

लामो समयसम्म यातायात ठप्प हुँदा यही व्यवसायमा आश्रित चार सय परिवारको विचल्ली भएको र कम्तीमा रु चार करोड घाटा बेहोर्नु परेको रौतहट बस व्यावसायी संघका अध्यक्ष रामाशंकर गिरीले बताए ।

दुई सय यातायात मजदुर, एक सय कर्मचारी र एक सय जना टिकट बुकरको रोजगारी खोसिएको र चार करोडको क्षति बेहोर्नु परेको गिरीको भनाइ छ ।

यातायात ठप्प रहे पनि रुट परमिट कर, ब्लुबुक नवीकरण, बैंकको व्याज र कर्मचारीको तलब नियमित रुपमा तिर्नुपरेकोले आफूहरु दोहोरो घाटामा परेको गिरीले जानकारी दिए ।

जिल्लाका विभिन्न बजारका साथै लामो दुरीका काठमाडौं, काँकडभिट्टा, जनकपुर, मलंगवा, बरहथवा, वीरगंज, हेटौँडा, नारायणघाट, पोखरालगायतका रुटमा चल्ने ६७ वटा बस आजैबाट सञ्चालनमा आएका छन् ।

सर्वसाधारण, व्यावसायी र अन्य पक्ष सबैको मर्कालाई विचार गरेर दश दिनको लागि यातायात सञ्चालन गर्न स्थानीयस्तरमा सहमति भएको तराई मधेश लोकतान्त्रिक पार्टीका जिला अध्यक्ष बाबुलाल साहले बताए ।
सञ्जयसाह मित्र, रौतहट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>