खेलकुदबिहीबार, माघ १४, २०७२

यू–१९ विश्वकप क्रिकेटः नेपालको विजयी शुरुवात, न्यूजिल्याण्ड ३२ रनले पराजित

हिमालखबर

iccयू–१९ विश्वकप क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपालले न्यूजिल्याण्डलाई ३२ रनले पराजित गरेको छ ।

२३९ रनको लक्ष्य पाएको न्यूजिल्याण्ड ४७.१ अाेभरमा अल अाउट हुँदै २०६ मात्रै जोड्न सफल भयो ।

नेपालका लागि  दिपेन्द्रसिंह ऐरीले  तीन विकेट लिए भने  प्रेम तामाङले दुई विकेट लिए  । यस्तै, सुनिल धमला र सन्दिप लामिछानेले एक/एक विकेट लिएका थिए ।

टस हारेर ब्याटिङ गरेको नेपालले सात विकेट गुमाउँदै २३८ रन बनाएको थियो । नेपालका लागि कप्तान राजु रिजालले ६ चौकासहितसहित सर्वाधिक ४८ रन बनाए भने अन्य ब्याट्स म्यानहरुले पनि उल्लेख्यीय रन जोडेका थिए ।

यस्तै, आरिफ सेखले ३९, सन्दिप सुनारले ३९, सुनिल धमलाले १५, कुशल भुर्तेलले ३५, दिपेन्द्र ऐरीले १६ र राजवीर सिंहले २४ रन बनाएका थिए ।

अर्काे खेल नेपालले आयरल्याण्ड र भारतसँग खेल्नुपर्नेछ । नेपालले १६ माघमा आयरल्याण्ड र १८ माघमा भारतको सामना गर्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...