समाचारबिहीबार, माघ १४, २०७२
स्थानीय निर्वाचनको आवश्यक तयारी शुरु
स्थानीय निकायको निर्वाचनका लागि सरकारले आवश्यक तयारी शुरु गरेको छ ।
स्थानीय स्वायत्त ऐन, २०५५ को संशोधन तथा स्थानीय निर्वाचन कार्यविधि तयार गर्दै निर्वाचन प्रक्रिया अघि बढाउने तयारी सरकारले गरेको छ । ती ऐन तथा कार्यविधि व्यवस्थापिका–संसद् विकास समितिमा विचाराधीन अवस्थामा छन् ।
सरकारले ती कानुनी आधारलाई तत्काल पारित गरिदिन सांसदलाई आग्रहसमेत गरेको छ । व्यवस्थापिका–संसद्, विकास समितिको आजको बैठकमा उपप्रधानमन्त्री तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले निर्वाचन सम्पन्न गर्न सत्ता साझेदार दलहरुबीच सहमति भइसकेको बताए ।
उनले निर्वाचनका मिति तय गर्न प्रमुख प्रतिपक्षी दल तथा तराई मधेश केन्द्रीत दलसँग पनि सरकारले केही चरणमा कुराकानी गरेको बताए ।
नयाँ संविधानमा व्यवस्था भएअनुसारको स्थानीय निकायको पुनःसंरचना गर्न आगामी फागुनको पहिलो हप्ताभित्र आयोग गठन गरिसक्ने र आयोगले दिने सुझावका आधारमा स्थानीय निकायलाई पुनःसंरचना गरिने उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
