समाचारशुक्रबार, माघ १५, २०७२

नाकाबन्दीपछि पहिलो पटक रक्सौल–वीरगञ्ज नाकाबाट मालबाहक गाडी भित्रिए

हिमालखबर

भारतले नाकाबन्दी गरेको ४ महीनापपछि पहिलो पटक वीरगञ्ज–रक्सौल नाकाबाट ५ वटा मालबाहक ट्रक नेपाल भित्रिएका छन् ।

पछिल्लो साता दशगजा स्थित मितेरी पुलमा मधेशकेन्द्रित दलहरुले तेर्स्याएको ढाट हटाएर व्यापारीहरुले रिक्सा, ठेला लगायतबाट सामान भित्र्याइरहेकोमा आज धर्नामा कोही नरहेको मौका पारी भारतीय पक्षले मेशिनरी सामान बोकेका ५ वटा ट्रक नेपाल पठाएको हो ।

त्यसैगरी नेपालतर्फ रहेका ५ वटा खाली भारतीय खाली ट्रक र २ वटा जीप रक्सौल गएको एसपी राजुबाबु श्रेष्ठले जानकारी दिए ।

नाकाबाट मालबाहक गाडी भित्रिए लगत्तै मधेशकेन्द्रित दलका केही कार्यकर्ता दशगजास्थित पुलमा जम्मा भएका छन् । उनीहरु जम्मा भएपछि फेरि नाकाबाट गाडीहरु भित्रिएनन् ।

यद्यपी यसअघि नाकाबाट सामान भित्रिएको थाहा पाउनेवित्तिकै अवरोधका लागि मितेरी पुलमा जम्मा हुने मधेशकेन्द्रित दलका नेता कार्यकर्ताको ठूलो भीड भने आज जम्मा भएको छैन । करिब १५ जनाको संख्यामा मात्रै आन्दोलनरत दलका कार्यकर्ता भेला भएका छन् ।

सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>