समाचारशुक्रबार, माघ १५, २०७२

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

हिमालखबर

पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

मुग्लिनबाट ३ किलोमिटर पश्चिम कालिखोलामा सडक विस्तारका क्रममा माथिबाट सुख्खा पहिरो खस्दा हिजो राति साढे ९ बजेबाट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरोमा परि दुईवटा ट्रक आधा पुरिएका छन् । ट्रक पुरिए पनि मानवीय क्षति भने भएको छैन ।

माथि पहाडबाट ढुंगा र माटो खस्ने क्रम जारी रहँदा सडक खुलाउन सकिएको छैन ।

सडक अवरुद्ध हुँदा पूर्वबाट आउने सवारी साधानहरु हेटौँडा त्रिभुवन राजपथ हुँदै काठमाडौंतर्फ आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>