समाचारशुक्रबार, माघ १५, २०७२

अव विद्युतीय सरकारः प्रधानमन्त्री ओली

हिमालखबर

मेला अवलाेकन गर्दै प्रधानमन्त्री अाेली । तस्वीरः गाेपेन राई

मेला अवलाेकन गर्दै प्रधानमन्त्री अाेली । तस्वीरः गाेपेन राई

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय सरकारको अवधारणा अनुसार सरकारले सेवा दिने बताएका छन् ।

कम्प्युटर एसोसियसन नेपाल (क्यान)ले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अव मुलुक परम्परागत रुपमा अघि बढ्न नसक्ने बताए । उनले भने, “सरकारले सूचना प्रविधिलाई प्राथामिकतामा राखेर अघि बढ्छ ।”

प्रधानमन्त्री ओलीले मुलुकको द्रुततर विकास गर्न सूचना प्रविधिको प्रयोग अपरिहार्य रहेको बताए । ‘सुबिसु क्यान सूचना प्रविधि–२०१६’ को उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले मुलकलाई अब आधुनिक बनाउन आवश्यक भइसकेको बताए ।

उनले दक्षिणी सिमानामा कसैले अवरोध नगर्दा पनि आपूर्ति असहज भएको बताउँदै अब त्यो खुल्ने अवस्थामा पुगेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>