समाचारशुक्रबार, माघ १५, २०७२
प्रधानमन्त्री ओलीको भ्रमण तय गर्न अर्थमन्त्री पौडेल भारत जाने
अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारतीय विदेशमन्त्री सुष्मा स्वराजको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा जाने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको कार्यसूची तय गर्न उनी आगामी २४ माघमा भारत जान लागेका हुन् । अर्थमन्त्री पौडेलले भ्रमणका क्रममा नेपाल–भारतबीच सहयोग आदानप्रदानका विषयमा भारतीय नेता र आफ्ना समकक्षीसँग छलफल गर्ने कार्यक्रम छन् ।
अर्थमन्त्री पौडेलले तीनदिने भारत भ्रमण गर्ने उनका प्रेस सल्लाहकार मोहन चापागाईंले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
