समाचारशनिबार, माघ १६, २०७२

कांग्रेस अधिवेशनः मतपेटिका लुटियो

हिमालखबर

नेपाली कांग्रेस बाँके, नौवस्ता गाउँ समितिको अधिवेशनमा मतपेटिका लुटिएको छ ।

१५ माघमा भएको निर्वाचनमा मतगणना गर्ने क्रममा गणनास्थलबाटै मतपेटिका लुटिएको हो ।

कुल खसेको १५८ मतमध्ये १०० मतको गणना गरिसकेर बाहिर नतिजा सुनाउने क्रममा भित्र भएका एजेन्टहरुले नै मतपेटिका लगेर भागेको इलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख डिएसपी राजिवबहादुर बस्नेतले जानकारी दिए ।

आफू र आफ्नो प्यानलले हार्ने जस्तो देखिएपछि भित्र रहेका दुईजना एजेन्टहरुले मत पेटिका कब्जामा लिएर मोटरसाइकलमा भागेको डिएसपी बस्नेतले बताए ।

उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार नौवस्ता ८ बानियभारस्थित विपी मेमोरियल माविमा कांग्रेस नौवस्ता गाउँ समितिको निर्वाचन भएको थियो ।
केशव राना/बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>