Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
यू–१९ क्रिकेटः नेपालको शानदार जित, आयरल्याण्ड आठ विकेटले पराजित - Himalkhabar.com

खेलकुदशनिबार, माघ १६, २०७२

यू–१९ क्रिकेटः नेपालको शानदार जित, आयरल्याण्ड आठ विकेटले पराजित

हिमालखबर

यू–१९ विश्वकप क्रिकेटमा आयरल्याण्ड विरुद्ध नेपालले आठ विकेटको फराकिलो जित हात पारेको छ ।

२५.३ ओभरमा नेपालले दुई विकेट गुमाउँदै निर्धारित १३२ रनको लक्ष्य भेटाएको हो । नेपालका लागि ओपनर योगेन्द्रसिंह कार्कीले अर्धशतक प्रहार गरे । उनले ८१ बलमा ८ चौकासहित ६१ रन  बनाए ।  आरिफ सेखले ३६ बलमा ३१ रन बनाए ।

सुनिल धमलाले चार चौकासहित ३५ बलमा २८ रन बनाए । ओपनर सन्दिप सुनार पहिले बलमै आउट भए पनि अन्य ब्याट्स म्यानले राम्रो खेल्दा नेपालले शानदार जित हात पारेको हो ।

बांग्लादेशमा जारी खेलमा आइरल्याण्डविरुद्ध १३२ रनको सहज लक्ष्य पाएको थियो । आयरल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउँदै १३१ रन बनायो ।

टस हारेर फिल्डिङ गरेको नेपालका सन्दिप लामिछानेले ह्याट्रिक सहित ५ बिकेट लिए । ५ ओभर बलिङ गरेका लामिछानेले १५ रन खर्चेर ५ विकेट लिएका हुन् ।

दीपेन्द्र सिं ऐरी २, सुनिल धमला र सुशील कँडेलले एक एक विकेट लिए । पहिलो खेलमा टेष्ट मान्यताप्राप्त न्यूजिल्याण्डलाई हराएको नेपालका खेलाडी आत्मविश्वासी देखिएका थिए ।

——————————————————————————————————————–

नेपाललाई १३२ रनको लक्ष्य

बांग्लादेशमा जारी आइसीसी यू–१९ विश्वकपमा नेपालले आइरल्याण्डविरुद्ध १३२ रनको सहज लक्ष्य पाएको छ ।

आयरल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउँदै १३१ रन बनाएको छ ।

टस हारेर फिल्डिङ गरेको नेपालका सन्दिप लामिछानेले ह्याट्रिक सहित ५ बिकेट लिएका छन् । ५ ओभर बलिङ गरेका लामिछानेले १५ रन खर्चेर ५ विकेट लिएका हुन् ।दीपेन्द्र सिं ऐरी २, सुनिल धमला र सुशील कँडेलले एक एक विकेट लिए ।

पहिलो खेलमा टेष्ट मान्यताप्राप्त न्यूजिल्याण्डलाई हराएको नेपालका खेलाडी आत्मविश्वासी देखिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>