Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विश्वकपः नेपाल र भारत भिड्ने - Himalkhabar.com

खेलकुदआइतबार, माघ १७, २०७२

विश्वकपः नेपाल र भारत भिड्ने

हिमालखबर

icc

फाइल तस्वीर: न्यूजिल्याण्डलाई हराएपछि खुशियाली मनाउँदै नेपाली टोली

करिब १६ वर्षपछि यु–१९ विश्वकपको क्वाटर फाइनलमा पुगेको नेपाली युवा क्रिकेट टोलीले लिग चरणको अन्तिम खेलमा भारतको सामना गर्ने भएको छ ।

बाङ्गलादेशको फाल्तुल्हास्थित खान साहेब उस्मान अली रङ्गशालामा नेपाली युवा टोलीले भोली १८ माघमा विजय लक्ष्यका साथ भारतको सामना गर्नेछ ।

विश्व कपमा सन् २००० मा पहिलो पटक सहभागिता जनाएको नेपालले त्यति बेला क्वाटर फाइनलको यात्रा तय गरेको थियो ।

त्यस्तै प्रतियोगितामा नेपाल र भारत दुवै टोली एक खेल अगावै क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

जारी प्रतियोगितामा दुवै टोलीले अपराजित रहँदै क्वाटर फाइनलको यात्रा तय गरेका हुन् ।

अब दुवै टोलीले समूह विजेताका लागि प्रतिस्पर्धा गर्नेछन् ।

समूह ‘डी’मा रहेको नेपाल ४ अङ्कका साथ रनरेटका आधारमा लिगको दोस्रो स्थानमा तथा समान ४ अङ्क नै जोडेको भारत लिगको शीर्ष स्थानमा छन् ।

जारी प्रतियोगितामा दुई खेल खेलेको नेपालले दुवै खेलमा जित हासिल गरेको छ ।

नेपालले पहिलो खेलमा न्युजिल्यान्डलाई ३२ रनले पराजित गरेको थियो भने दोस्रो आयरल्यान्डविरुद्धको खेलमा आठ विकेटको जित हासिल गर्‍यो ।

त्यस्तै भारतले पनि पहिलो खेलमा आयरल्यान्डलाई ७९ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा न्युजिल्यान्डलाई १२० रनले पराजित गरेको थियो ।

चार टोली सम्मिलित समूह ‘डी’मा न्युजिल्यान्ड र आयरल्यान्ड प्रतियोगितबाट बाहिरिसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>