समाचारआइतबार, माघ १७, २०७२

संयन्त्र बैठक: प्रमको भारत भ्रमणबारे छलफल

हिमालखबर

सरकार सञ्चालनका लागि समन्वय गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे छलफल भएको छ ।

संयन्त्रको कार्यालय सिंहदरबारमा आज, १७ माघमा बसेको बैठकमा निकट भविष्यमा हुने भनिएको प्रधानमन्त्रीको भारत भ्रमण, समसामयिक राजनीतिक परिस्थिति, सरकारको कामको समीक्षा, मधेश आन्दोलन र नाकाबन्दीबारे कार्यसूची प्रस्तुत भएको संयन्त्रका संयोजक एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिए ।

एमाले वरिष्ठ नेता झलनाथ खनालले समय अपुग भएकाले आजै साँझ बस्ने संयन्त्रको बैठकमा थप छलफल हुने जानकारी दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशम्शेर जबराले बैठकमा आफूले सीमाको अवरोध मात्र मधेशको समस्या नभई प्रान्तीय सीमाको विषय पनि जोडिने भएकाले त्यस बारेमा गम्भीर छलफल हुनुपर्ने धारणा राखेको बताए ।

बैठकमा एमालेका नेता माधवकुमार नेपाल, मधेशी जनाधिकार फोरम लोकतान्त्रिक का अध्यक्ष विजयकुमार गच्छदार, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलगायत सत्तागठबन्धन दलका नेता उपस्थित थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>