समाचारआइतबार, माघ १७, २०७२

मोर्चाद्वारा लीला कोइरालाको घर घेराउ, प्रहरी र प्रदर्शनकारीबीच झडप

हिमालखबर

जनकपुरमा कांग्रेस नेतृ लीला कोईरालाको घर घेराउ गरी नारबाजी गरिरहेका मधेशकेन्द्रित दलका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

जनकपुरको ब्रम्हपुरीस्थित सांसद लीला कोईरालाको घर घेराऊ गरी नाराबाजी गरिरहेका मधेशकेन्द्रित दलका कार्यकर्ताले ढुंगामुढा र पेट्रोल बमसमेत प्रहार गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास र लाठी प्रहार गरेको निमित्त प्रमुख जिल्ला अधिकारी दीपक कर्णले जानकारी दिए ।

प्रहरीको लाठी प्रहारबाट ८ जना घाइते भएका छन् भने प्रदर्शनकारीको ढुंगाप्रहारबाट ४ जना प्रहरी घाइते भएको कर्णले बताए ।
घाईते प्रदर्शनकारीहरु रामबाबु साह, रामसोभित यादव, धीरज यादव र बाटो हिंडिरहेका दीपनारायण यादवको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।

कोईरालाको घर सामुन्ने रहेको सिटी हस्पीटलबाट ड्यूटी सकेर फर्किदै गर्दा आफूलाई प्रहरीले कुटपिट गरेको घाईतेमध्येका दीप नारायण यादवले बताए ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ । प्रदर्शनकारीका तर्फबाट ८ वटा पेट्रोल बम प्रहार भएको पनि कर्णले बताए ।

नयाँ संविधानमा हस्ताक्षर गरेका सांसदहरुलाई जिल्लामा प्रवेश नदिने भन्दै १६ माघबाट मोर्चाका नेता–कार्यकर्ताहरुले कांग्रेस सांसदहरुको घर अगाडि प्रदर्शन गर्नुका साथै कांग्रेसको जारी गाविस र क्षेत्रीय सम्मलेन बिथोल्दै आएका छन् ।

कांग्रेसले अधिवेशन गर्न पाउनुपर्ने संविधानप्रदत्त हक कसैले पनि खोस्न नमिल्ने भन्दै अधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने वातावरण बनाउन र सहयोग गर्न आन्दोलनरत दललगायत सबैमा आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>