थप समाचारआइतबार, माघ १७, २०७२

१२१ महिला साईकल यात्रीको टोली कपिलवस्तुमा

हिमालखबर

विश्वशान्ति, पर्यावरण संरक्षण र महिला सशक्तिकरणको आवाज उठाउँदै काठमाडौंबाट निस्केको १२१ महिला भिक्षुहरुको साईकल यात्रा भारतका विभिन्न शहर पुगेर नयां दिल्ली हुँदै अहिले कपिलवस्तु आईपुगेको छ ।

तस्वीर: गोपाल भण्डारी

तस्वीर: गोपाल भण्डारी

१८ नोभेम्बरमा काठमाडौंबाट शुरु भएको शान्ति तथा पर्यावतरणीय साईकल यात्रा १८ माघमा लुम्विनीमा समापन हुँदै छ ।

साईकल यात्रामा नेपाल तथा भारतका १ सय २१ जना महिला भिक्षुहरु सहभागी छन् ।

उनीहरुले साईकल यात्राका दौरानमा स्वच्छ पर्यावरण र महिला शशक्तिकरणको सन्देश दिदै हिडेको बताए ।

काठमाडौंबाट साईकल यात्रामा निस्केका भिक्षुहरुले भारतको राजगीर, वोधगया, वाराणसी हुदै करीब २ हजार किलोमीटरको दुरी तय गरी नयां दिल्ली पुगेका थिए ।

नयांदिल्ली पुगे पछि उनीहरु कृष्णनगर सीमा नाकाबाट १७ माघमा नेपाल फर्किएका हुन् ।

लामवद्ध भई साईकल यात्रा निस्केका महिला भिक्षुहरु कपिलपस्तुको सदरमुकाम तौलिहवा हुँदै आजै बुद्ध जन्मभूमि लुम्विनी पुगेका छन् ।

साईकल यात्राका क्रममा नेपाल भित्रिए पछि उनीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा प्रदान गरी लुम्विनीसम्म पुर्याएको छ ।
गोपाल भण्डारी, कपिलवस्तु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>