समाचारआइतबार, माघ १७, २०७२

प्रधानसेनापति क्षेत्री भारत जाँदै

हिमालखबर

प्रधानसेनापति राजेन्द्र क्षेत्री भारतको औपचारिक भ्रमणका लागि सोमबार, १८ माघमा त्यसतर्फ प्रस्थान गर्दैछन् ।

भारतका स्थल सेनाध्यक्ष जनरल दलवीर सिंहको औपचारिक निमन्त्रणामा प्रधानसेनापति क्षेत्री भारत जान लागेका हुन् ।

प्रधानसेनापतिको नियुक्तिपश्चात प्रधानसेनापतिको पहिलो पटक हुन लागेको भारत भ्रमणका क्रममा उनलाई भारतका राष्ट्रपति प्रणव मुखर्जीबाट भारतीय स्थलसेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिह्नबाट सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

दुई देशका सेनाबीच एक-अर्को देशका सेना प्रमुखलाई सन् १९५० देखि मानार्थ महारथी दिने प्रचलन रहिआएको छ ।

भ्रमणका क्रममा प्रधानसेनापति क्षेत्रीले भारतका स्थल सेनाध्यक्ष, वायुसेना प्रमुख, नौसेना प्रमुखसँग पनि भेटघाट गर्नेछन् । त्यस्तै, उनले भारतका गृहमन्त्री, रक्षामन्त्री, विदेश मन्त्रीलगायत उच्चपदस्थ पदाधिकारीसँग पनि भेट गर्नेछन् ।

भ्रमणदलमा श्रीमती रीता क्षेत्री, सैनिक समाचार महानिर्देशक उपरथी श्री शम्शेर ठकुराठी, प्रधानसेनापतिको सैनिक सहायक सहायकरथी काजीबहादुर खत्रीलगायत नौजना रहने निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति क्षेत्री २३ माघमा स्वदेश फर्कने कार्यक्रम छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>