समाचारआइतबार, माघ १७, २०७२
फेरि बढ्यो लोडसेडिङ, सातामा ९३ घण्टा
नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयावधि थप बढाएको छ ।
सोमबार, १८ माघदेखि लागू हुनेगरी लोडसेडिङ साताको ९३ घण्टा पुर्याएको प्राधिकरणले जनाएको छ ।
यसअघि दैनिक १२ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब सोमबारदेखि सातामा पाँच दिन १३ घण्टा र दुई दिन १४ घण्टा लोडसेडिङ हुने छ ।
सुख्खा याममा नदीमा पानीको बहाव कम भएकाले लोडसेडिङ बढाउन परेको प्राधिकरणको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
