समाचारआइतबार, माघ १७, २०७२

कोइराला र दिल्लीबाट फर्किएका ठाकुरबीच भेट

हिमालखबर

भर्खरै दिल्ली भ्रमणबाट फर्किएका तमलोपा अध्यक्ष महन्थ ठाकुर र नेपाली कांग्रेसका सभापति सुशील कोइरालाबीच आज भेटवार्ता भएको छ ।

कोइराला निवास महाराजगञ्जमा भएको भेटवार्तामा मधेशमा जारी आन्दोलन र त्यसको सम्भावित निकास बारे छलफल भएको थियो ।

केही दिनअघि उपचारका लागि दिल्ली गएका ठाकुर स्वदेश फर्किएपछि पहिलोपटक सभापति कोइरालालाई भेटेका हुन् ।

लामो समयदेखि प्रमुख दल र मधेशी मोर्चाका नेताबीचमा भएको संवादहीनतालाई अन्त्य गरी फेरि वार्तालाई अगाडि बढाउन सभापति कोइरालाले जोड दिएको कोइरालाका सहयोगी अतुल कोइरालाले जानकारी दिए ।

त्यसैगरी, संविधान संशोधनबाट केही माग पूरा भइसकेको र बाँकी मागलाई विस्तारै सम्बोधन गर्दै जान सकिने भएकाले अहिलेलाई आन्दोलन फिर्ता लिन पनि कोइरालाले ठाकुरलाई आग्रह गरेका थिए ।

जवाफमा ठाकुरले संशोधनबाट सीमांकनको मुख्य माग नै सम्बोधन नभएकाले आन्दोलन फिर्ता लिने अवस्था नरहेपनि आन्दोलनको स्वरुप परिवर्तन गर्नेबारेमा भने मोर्चामा छलफल भइरहेको जानकारी दिएका थिए ।

सभापति कोइरालाले तराईमा कांग्रेसको अधिवेशनमा अवरोध नगर्न पनि आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>